नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई प्रभु बैंकद्वारा बधाई
Saturday Sep 13, 2025
वि.सं.२०८२ भदौ २८ शनिवार १३:५६
काठमाडौं । नेपालकै पहिलो महिला प्रधानमन्त्रीको रुपमा चयन भएकी सुशीला कार्कीलाई प्रभु बैंक परिवारले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
बैंकले ऐतिहासिक क्षणको स्वागत गर्दै कार्कीको सशक्त नेतृत्व, सत्यनिष्ठ दृष्टिकोण र दूरदर्शी सोचले समृद्ध, स्थिर र समानतामूलक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
पूर्व प्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई हालै सम्पन्न जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त गरेको हो ।



























