CG Electronics
IME Life
NIMB

मर्निङवाक हिंडेका मानबीरको राँगाको आक्रमणमा परी मृत्यु, गोली हानेर मारियो राँगो

NIMB
Himalayan Bank

काठमाडौं, ११ फागुन । चन्द्रागिरी नगरपालिकाको मच्छेगाउँमा मनिङ्ग वाकमा निस्किएका एक व्यक्तिको राँगाको आक्रमणमा परी ज्यान गएको छ ।

आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको छ । राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डिएसपी कुमारविक्रम थापाले जानकारी दिएका छन् ।

मर्निङ वाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएको अनुमान गरिए पनि कसको हो भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त चन्द्रागिरीको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो ।

थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको छ । यसअघि बुद्धनगरस्थित ह्याम्स अस्पतालभित्र छिरेको भैंसीलाई पनि प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी वधशालाबाट भागेको एउटा राँगोले शहीद गेट वरपर बितण्डा मचाएको थियो ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...