एमजी विन्डसर ‘इन्स्पायर’ भारतमा लन्च, १६.६५ लाख भारु मूल्य निर्धारण

Thursday Oct 09, 2025
वि.सं.२०८२ असोज २३ बिहीवार २१:४०

काठमाडौं । एमजी मोटर इन्डियाले विन्डसर ईभीको नयाँ संस्करण ‘इन्स्पायर’ लन्च गरेको छ । ३०० युनिटमात्र उत्पादन हुने सो संस्करणको मूल्य १६ लाख ६५ हजार भारु निर्धारण गरिएको छ ।
विन्डसर इन्स्पायरमा एमजीले पर्ल ह्वाइट र स्टारी ब्ल्याक थिममा डुअल–टोन एक्सटेरियर दिएको छ । यसमा कालो ओआरभीएम, रोज गोल्ड क्ल्याडिङ, ’इन्स्पायर’ ब्याज र कालो १८ इन्चको एलोय ह्वील राखिएका छन् ।
इन्टेरियरको कुरा गर्नुपर्दा कारको हेडरेस्टमा ’इन्स्पायर’ चिन्ह, गोल्ड हाइलाइट र कालो–आउट सेन्टर कन्सोल आर्मरेस्टको साथ रातो र कालो लेदरको अपहोल्स्ट्री दिइएको छ ।
इन्स्पायर संस्करणमा विशेष रूपमा डिजाइन गरिएको एक्सेसरी प्याक समेत पाउन सकिनेछ । जसमा अगाडिको ग्रिल, बडी साइड मोल्डिङ र बम्पर कर्नर प्रोटेक्टर समावेश छन् । साथै, कारमा थ्रीडी म्याट, इन्स्पायर कुशन, पछाडिको झ्यालमा सनशेड र लेदर कि कभर लगायत विशेषता दिइएको छ ।
ड्राइभ मेट प्रो+ किट समेत पाइने यस कारमा स्काइलाइट इन्फिनिटी भ्यू ग्लास रूफ र वायरलेस इल्युमिनेटेड सिल प्लेट समेत पाउन सकिन्छ । इन्स्पायर संस्करण ९ लाख ९९ हजार भारुमा ब्याट्री–एज–ए–सर्भिस विकल्पमा समेत उपलब्ध हुने जनाइएको छ ।