CG Electronics
IME Life
NIMB

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक गाडी उद्योगमा नयाँ युग सुरु हुने संकेत

NIMB
Himalayan Bank

काठमाडौं ।चिनियाँ विज्ञान प्रतिष्ठानले सोलिड स्टेट लिथियम ब्याट्रीमा नयाँ आविष्कार गरेको छ । उक्त प्रतिष्ठानमा कार्यरत अनुसन्धान टोलीले पोलिमर अणुयुक्त उच्च ऊर्जा घनत्व भएको लचिलो ब्याट्री आविष्कार गरेको हो । सो नयाँ प्रबिधीयुक्त ब्याट्रीलाई ठूलो मात्राममा उत्पादन गर्न भने केही समय लाग्ने जनाइएको छ ।

इलेक्ट्रोलाइट चुहावटको जोखिमलाई उन्मूलन गर्दै उच्च ब्याट्री क्षमता प्रदान गर्ने कारण सोलिड स्टेट ब्याट्रीलाई विद्युतीय गतिशीलताको भविष्य मानिदै आएको छ । तथापी, ब्याट्री निर्माताहरूले यस्ता प्याकहरूको विकास प्रक्रियाको क्रममा धेरै सुरक्षा चुनौतीहरूको सामना गरिरहेका छन् ।

चिनियाँ विज्ञान प्रतिष्ठान १९४९ मा स्थापित सबैभन्दा ठूलो राष्ट्रिय अनुसन्धान संस्था हो । उक्त प्रतिष्ठानमा लेनोभो सहित धेरै व्यावसायिक शाखाहरू छन् । यो एक आधिकारिक अनुसन्धान केन्द्र हो, त्यसैले ब्याट्रीको क्षेत्रमा यसको पछिल्लो प्रकाशनले धेरैको ध्यान खिचेको छ ।

धातु अनुसन्धान संस्थानका अनुसार, परम्परागत सोलिड स्टेट ब्याट्रीमा इलेक्ट्रोड र इलेक्ट्रोलाइट बीचको कमजोर सोलिड–सोलिड अन्तक्र्रियाले उच्च आयन यातायात प्रतिरोध र कम दक्षता निम्त्याउँछ । त्यसैले, यसको व्यावहारिक प्रयोग सीमित छ ।

यसको ठिक विपरित लचिलो सोलिड स्टेट ब्याट्रीमा पोलिमर अणुहरू, इथोक्सी समुहहरू र इलेक्ट्रोकेमिकल तथा सल्फर चेनहरू हुने हुँदा यसले आयन यातायात र भण्डारण बीच स्विच गर्न पनि सक्षम बनाउँछ । एकीकृत पोलिमर इलेक्ट्रोलाइट भएको कम्पोजिट क्याथोडले ऊर्जा घनत्वलाई ८६ प्रतिशतसम्म बढाउन अनुमति दिएको अटोहोममा प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ ।

चीनका धेरैजसो ईभी निर्माताले भविष्यमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने घोषणा गरिसकेको अवस्थामा आविष्कार गरिएको नयाँ ब्याट्रीले ईभी यगमा अझै ठूलो क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।

 

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...