Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

एन आईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट

काठमाडौं। एन आईसी एशिया बैंकका ग्राहक महानुभावहरूका लागि अब वीरगंजस्थित किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने भएको छ।

आँखा उपचारमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा किरण आँखा अस्पताल र एन आई सी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, बैंकका ग्राहकहरूले उक्त अस्पतालमा आँखा उपचार गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट सुविधा पाउनेछन्।

ग्राहकहरूले अस्पतालमा उपलब्ध विभिन्न आँखा उपचार सेवाहरू — जस्तै सर्जरी, परामर्श, अप्टिकल सेवा तथा अन्य उपचार सेवाहरूमा छुटको लाभ लिन सक्नेछन्।

यस सुविधा प्रयोग गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (मोबाइल बैंकिङ) एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

एन आई सी एशिया बैंकले जनाएको छ कि किरण आँखा अस्पतालसँगको यो सहकार्यले ग्राहकहरूलाई सुलभ र डिजिटल सेवा प्रदान गर्नुका साथै नगदरहित कारोबार र डिजिटल भुक्तानी प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ।

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

वि.सं.२०८२ असोज २५ शनिवार २३:२१

  काठमाडौँ।सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई...

सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड!’ अफर: टिभी, फ्रिज र वाशिङ मेसिनमा क्यासब्याक र बम्पर उपहार

सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड!’ अफर:...

वि.सं.२०८२ असोज २५ शनिवार २२:२७

काठमाडौं । सामसङ नेपालले तिहारको अवसरमा आफ्नो बहुप्रतिक्षित क्याम्पेन “तिहारको...

सहकारीको प्रभावकारी नियमनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर

सहकारीको प्रभावकारी नियमनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

वि.सं.२०८२ असोज २५ शनिवार १४:५०

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान–ICAN) र राष्ट्रिय सहकारी...

सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल वितरण गर्ने, तीन फण्ड र क्यापिटलको मुनाफाबाट लाभांश वितरण सुरु

सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा...

वि.सं.२०८२ असोज २५ शनिवार १४:४४

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफा...

हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब २२ करोड नाघ्यो, ३ हजारभन्दा बढी क्षति दाबी दर्ता

हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब...

वि.सं.२०८२ असोज २५ शनिवार १४:२७

  काठमाडौं । हालै देशभर भएका आन्दोलनका क्रममा भएको भौतिक...

सिलिकन भ्यालीतर्फ नेपाली स्टार्टअप – स्टार्टअप वल्र्ड कप २०२५ को विश्व फाइनलमा डि एल सर्फको सहभागिता

सिलिकन भ्यालीतर्फ नेपाली स्टार्टअप – स्टार्टअप वल्र्ड...

वि.सं.२०८२ असोज २५ शनिवार १४:१७

  काठमाडौं । स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिस्पर्धाका...