CG Electronics
IME Life
NIMB

काग तिहार : यमराजका दूतको पूजा, मृत्यु र जीवनबीचको सन्देश

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ । पुराण अनुसार, शिवपुरी वा बागद्वारमा शिवजी हराउनुभएको बेला माता पार्वतीले कागको स्वरूप लिइ सन्देश पुर्याउनु भएको थियो । सो कारण कागको पूजा गरिन्छ । शालको पातमा भात, दाल, फूल र तिल राखेर कागलाई खुवाइन्छ । तिललाई यमराजको प्रकोपबाट जोगिने प्रतिक मानिन्छ ।

अहिले पनि काठमाडौं उपत्यकाको उत्तरतर्फ रहेको कागेश्वरी मन्दिरमा कागे अष्टमीका दिन वा भाद्रकृष्ण अष्टमीका दिनमा सुनको काग देखाएर प्रदर्शन पनि गरिन्छ । हेर्दाखेरी काग र कोइली एउटै जस्तो देखिन्छन तर कोइली कति प्रिय हुन्छ भने काग कति अप्रिय हुन्छ । किनभने उनले अप्रिय जस्तै मानवहरुले गरेको कर्मलाई यमराजसम्म पुर्याउन दूतको रूपमा रहेको कारणले गर्दाखेरि नै कागको पूजा गरिन्छ ।

दोश्रो दिन कुकुर तिहार हो। कुकुरलाई वफादार, घरपालुवा र चोरी–चकारी पत्ता लगाउने शक्तिको प्रतीक मानिन्छ । पुराणहरूमा, युधिष्ठिरले मृत्युको समयमा आफ्नो कुकुरसँगै बैकुण्ठ पुगेको वर्णन छ। त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ। तेल र मालासहित खाना र मिष्ठान्न दिइन्छ, जसले उसको सद्भाव र वफादारीलाई सम्मान दिन्छ ।(डा.उत्तम उपाध्यय न्यौपानेसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

गाई, गोरु, अन्य पशु–पक्षीको पूजा पनि प्रकृति पूजक परम्परासँग सम्बन्धित छ। गाई र गोरुको पूजा कृषि, जीवनोपार्जन र धार्मिक कर्मसँग जोडिएको छ। लक्ष्मीपूजाको दिन, माता लक्ष्मीको आराधना गरिन्छ। यस दिन घर–आँगनमा दीप प्रज्वलन गरिन्छ र सम्पत्ति, सुख र समृद्धिको कामना गरिन्छ। धनत्रयोदशीको दिन, पुराण अनुसार, लक्ष्मीमाताको कृपाले स्वर्गबाट अमरावती र कुबेरसँग भएको सम्पत्ति फिर्ता ल्याइएको थियो। त्यसैले सुन, चाँदी, धातु र अन्य मूल्यवान वस्तु किन्न र पूजा गर्ने चलन छ।

भाइटीका दिन दिदीहरूले आफ्ना दाजुभाइको लामो उम्र र कल्याणको कामना गर्दै टिका र उपहार दिने प्रचलन छ। यसरी तिहार केवल देवी–देवता पूजा मात्र होइन, दाजुभाइ–दिदीबहिनीको सम्बन्धलाई सुदृढ गर्ने सामाजिक पर्व पनि हो। यस पर्वले प्राकृतिक चक्र, ऋतु परिवर्तन, कृष्ण–शुक्ल पक्षको क्रम र जीवनका सुख–दुःखसँग सम्बन्धित पौराणिक सन्देश दिन्छ।

यसरी तिहार बहुआयामिक पर्व हो। यसमा पौराणिक कथा, प्रकृति पूजा, सामाजिक सम्बन्ध र धार्मिक महत्व समाहित छन्। यसले मानव जीवनमा सद्भाव, सम्मान, वफादारी, प्रेम र सम्पन्नताको सन्देश दिन्छ। हिन्दू संस्कार अनुसार, सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः—सबै सुखी, सबै स्वस्थ र सबैको भलो होस्—भन्ने आदर्श पनि यस पर्वमा व्यक्त हुन्छ। तिहारले धर्म, संस्कृति र सामाजिक मेलमिलापको जीवित रूपलाई प्रदर्शित गर्दछ।

प्रकृति पूजा, लक्ष्मी आराधना र सामाजिक संस्कारको पर्व

तिहार हाम्रो हिन्दू धर्मावलम्बीहरूको दोस्रो महान् पर्व हो। यस पर्वमा न केवल देवी–देवता पूजा गरिन्छ, तर प्राकृतिक तत्व, पशु–पक्षी, सामाजिक सम्बन्ध र दाजुभाइ–दिदीबहिनीको प्रेम र सद्भावको सम्मान पनि गरिन्छ। तिहार यमपञ्चकको पाँच दिनसम्म चल्ने पर्व हो, जसमा यमराज छुट्टीमा रहन्छन् र यस अवधिमा मृत्यु भए पनि बैकुण्ठ प्राप्त हुने विश्वास छ। विशेष गरेर कार्तिक शुक्ल द्वितीया, दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र सद्भावको दिनमा मृत्यु भएका मानिसले मुक्ति पाउने पौराणिक कथा रहेको छ।

पर्वको प्रारम्भ काग तिहारबाट हुन्छ। कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ। पुराण अनुसार, शिवजी हराउनुभएको बेला माता पार्वतीले कागको स्वरूप लिई सन्देश पुर्याउनु भएको थियो। यसै कारण कागलाई शालको पातमा भात, दाल, फूल र तिल खुवाइन्छ। तिललाई यमराजको प्रकोपबाट जोगिनुको प्रतीक मानिन्छ।

दोश्रो दिन कुकुर तिहार मनाइन्छ। कुकुरलाई वफादार, घरपालुवा र चोरी–चकारी पत्ता लगाउने शक्तिको प्रतीक मानिन्छ। पुराण अनुसार, युधिष्ठिरले मृत्युको समयमा आफ्नो कुकुरसँगै बैकुण्ठ पुगेको वर्णन छ। त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ। तेल, मालासहित खाना र मिठाइ दिई सम्मान गरिन्छ।

गाई र गोरुको पूजा कृषि, पोषण र जीवनोपार्जनसँग जोडिएको छ। गाईलाई माता लक्ष्मी, पोषणदात्री र आमा स्वरुप मानिन्छ। यसले बालबालिका र वृद्धहरूलाई स्वास्थ्य र शक्ति प्रदान गर्ने विश्वास छ। गाईको पुच्छरले बैतरनी तर्न सहयोग पु¥याउँछ भन्ने मान्यता छ। यसरी, गौदान र पूजा मानव जीवनका शुभ कर्मको पूर्वाधार मानिन्छ। गोरु अन्नदाता र कृषि प्रधान कार्यका सहभागी भएकाले यसको पूजा विशेष महत्वका साथ गरिन्छ। गाई–गोरुलाई तेल, रंग, मालासहित सजाइन्छ, जोतिएका अन्न खुवाइन्छ र सम्मानका साथ पूजा गरिन्छ।

लक्ष्मी पूजाको दिन, कार्तिक कृष्ण औँसी, विशेष महत्व राख्छ। माता लक्ष्मीलाई केवल सम्पत्ति वा धनको देवता मात्र होइन, स्वयम मुक्ति र भुक्ति दिने माताको रूपमा सम्मान गरिन्छ। उनी भगवान् विष्णुको अर्धाङ्गिनी र सर्वभूतमा संस्थित मातृशक्ति हुन्। गृहस्थीहरूले सोडसो उपचार (आसन, पाद्यम, अघ्र्य, पञ्चामृत) गरेर पूजा गर्छन्। देवी लक्ष्मीको प्रिय सामग्री—कमलगट्टा, केसर, चन्दन, अविर, फूल, अक्षता, जौ, तिल, शंख, कौडा आदि—उपयोग गरिन्छ।

उद्योग, पसल, फ्याक्ट्री वा गृहस्थीमा पनि झिलिमिली बत्ती बालेर, देउसी भैलो गाउँदै, सिलरोटी पकाइदिएर लक्ष्मी पूजाको अभ्यास हुन्छ। माता लक्ष्मी आफ्नो वाहन उल्लूमा सवारी गर्दै पूजा स्थलमा प्रकट हुने विश्वास छ। कुबेरको पूजा र उल्लूको उपस्थितिले लक्ष्मीको प्रसन्नता सुनिश्चित गर्छ। मन्त्र, श्रीसूक्त, लक्ष्मीसूक्त र विष्णु सहस्रनामावली पाठ गरेर रातभर जाग्राम गरी पूजा गरिन्छ। यसरी लक्ष्मी पूजाले घरमा समृद्धि, सुख–शान्ति र कल्याण ल्याउँछ।

तिहारको प्रत्येक दिन प्रकृति, पशु–पक्षी र सामाजिक सम्बन्धको सम्मानमा केन्द्रित छ। काग, कुकुर, गाई–गोरु, लक्ष्मी पूजाले मानिसमा नैतिकता, सद्भाव र भक्ति जगाउँछ। यस पर्वले जीवनका सुख–दुःख, ऋतु परिवर्तन, कृष्ण–शुक्ल पक्षको महत्व र मानव–प्रकृतिको सन्तुलनलाई स्मरण गराउँछ। हिन्दू संस्कार अनुसार, सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः—सबैको भलो र सुख–शान्ति—को भावना यस पर्वमा प्रकट हुन्छ।

यसरी तिहार बहुआयामिक पर्व हो, जसले पौराणिक कथा, प्राकृतिक पूजा, सामाजिक सम्बन्ध, धार्मिक आस्था र सांस्कृतिक वैभव एकैसाथ समेटेको छ। यो केवल धार्मिक उत्सव मात्र नभई, मानवता, सद्भाव र जीवनोपयोगी मूल्यहरूको जिवित रूपमा सम्मान गर्ने पर्व पनि हो।

तिहार भन्नेबित्तिकै हाम्रो हिन्दुहरूको महान चाड दोस्रो चाडको रूपमा मानिन्छ । यसो कहिलेकाहीँ वित्पत्ति अर्थात् शब्दको अर्थ नबुझेको महसुस पनि हुन सक्छ। जस्तै, तिथि र बारको युक्तिको कारणले गर्दाखेरि तिहार भनेर भनिन्छ । त्यसलाई अपभ्रमश हुँदैहुँदै तिथि बार, तिथि बार भन्दाभन्दै तिहार भयो। तिहार विशेष गरेर यमराजले छुट्टी लिएका दिनहरू मानिन्छ । जस्तै, यमपञ्चकका पाँच दिनहरू मानिन्छ । ती पाँच दिनहरू पञ्चतत्वमा रहेका छन्। जस्तै, हामीले पृथ्वी, जल, तेज, वायु र आकाशको क्रमको पक्षमा मानिन्छ। र कार्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भएर कार्तिक शुक्ल द्वितीया पर्यन्तसम्मका यी पाँच दिन एकापसमा प्रकृति पूजकको तिहारको पर्वको रूपमा मानिएको छ। पाँचै दिन आपसमा अत्यन्तै उत्कृष्टता, आपसमा चाहिँ भनौँ न, उत्साह र उमंग, फुलेफूलको तिहार अनि त्यसपछाडि दाजुभाइ दिदीबहिनीको समागम। अनि त्यतिमात्र नभएर काक, कुकुर अनि नर्क चतुर्दशी, लक्ष्मी पूजा, गाईपूजा, गोरु पूजा, मानव पूजा, नेवारी संस्कार संस्कृतिहरूमा नेपाल संवत् प्रारम्भ। अनि त्यसपछाडि भनौँ, अन्तिममा भाईटीका, भाईको क्रमको पक्षहरू मानिन्छ। त्यसैलाई नै तिहारको महत्त्वपूर्ण चाडको रूपमा मानिएको छ ।

 

जस्तै, अब हाम्रो यो हिन्दु संस्कृति संस्कार यस्तो यस्ता बाहुल्यता भएको संस्कार संस्कृति छ, जो प्रकृति पूजकको रूपमा मानिन्छ। जसलाई आदिम सनातनको रूपमा मानिन्छ । जो सनातन भनेको आदिम सृष्टिको क्रमदेखि नै मान्दै आएको, पूज्दै आएको, बुझ्दै आएको र अनि वैदिक विधानहरूले बताइएका मार्गहरूमध्येमा यमपञ्चकका पाँच दिनहरू रहन्छन्। र ती पाँच दिनहरूमध्येमा सर्वोत्कृष्ट दिनलाई चाहिँ लक्ष्मी पूजाको दिनमा मानिन्छ। यहाँ तिनटा बहुआयामिक पर्वहरू रहेका छन्।

 

बहुआयामिक तीनवटा पर्वहरूमध्येमा एउटा पशुपंक्षीहरूको सत्कारको समय मानिन्छ। अर्को, माता लक्ष्मी अर्थात् सत्ययुगीन माता लक्ष्मी जहाँ विष्णुको अर्धाङ्गिनीको रूपमा रहनुहुने जसलाई हामीले लक्ष्मी स्वरूपा भनेर भन्दछौँ, जहाँ वेद, पुराण, उपनिषद्हरू सारा सम्पूर्णमा व्याख्या गरिएकी माताको पूजा गरिन्छ। त्यो पनि कार्तिक कृष्ण औँसी, जसलाई कालो रातको रूपमा मानिन्छ। अत्यन्तै, त्यो कालो रातमा माता लक्ष्मी प्राकट्यताको क्रमको पक्षहरूमा मानिन्छ । अनि अर्को बहुआयामिक मानव अर्थात् दाजुभाइ दिदीबहिनीको प्रेम, दाजुभाइ दिदीबहिनीको सद्भावको पूजाको क्रम, द्वितीयाको दिन मानिन्छ, भाईटीका। यो यस्तो बहुआयामिक एउटा डायनामिक चाडपर्वको रूपमा मानिन्छ ।

र हिन्दुहरूको यो दोस्रो महान पर्व पनि हो यो। र यो महान पर्व एक त प्रकृतिले पनि मन्दमन्द गर्मीको गमन र अनि चिसोको आगमन, शरदकालीन अन्त र हेमन्त ऋतुको आगमन र दुईवटा तिथिहरूको क्रम, कृष्ण पक्ष र अनि शुक्ल पक्षको क्रम, सुख र दुःखको क्रमको पक्षहरू रहेर नै यमपञ्चकका पाँच दिनहरू मानिन्छ। र यमपञ्चक भन्नु नै यमपाशदण्ड, जसलाई हामीले दक्षिणका देवताका रूपमा अर्थात् दक्षिणका मालिकका रूपमा यमराजलाई मान्दछौँ हामीले। जुन कि पृथ्वी तत्व अन्तर्गत न्यायको प्रतीक, जसलाई यम र यमुना। स्वयम् भगवान सूर्यकी पत्नी संज्ञाबाट जन्मिनु भएको यमराज जसलाई यमः भनेर भनिन्छ र उनकी बहिनी यमुना। यो यमपञ्चकका पाँच दिन चाहिँ यम र यमुनाबीचको दिदी र भाईबीचको एउटा बाहुल्यताको क्रम र यमपञ्चकका पाँच दिनहरूमा कस्तो छ भन्नुहुन्छ भने दिदीबहिनीहरूले आफ्नो दाजुभाइहरूलाई घरमा बोलाउने, तेल लगाउने, नैधै गराइदिने, अर्थात् तपाईँको चाहिँ भनौँ न, यो नागपाश अर्थात् हामीलाई चाहिँ यमदण्डबाट टाढा रहने चाहिँ सन्देशहरू दिने, सेलरोटीहरू खाने, देउसीभैलोहरू खेल्ने, पाँच दिन आनन्द लिने। र यमपञ्चकका पाँच दिनमा लामो समयसम्म बहिनीको बिहे भइसकेपछि बहिनीको घर जान्छु भन्दाभन्दै सृष्टिको क्रममा सबैलाई चाहिँ तपाईँको म पापी, दुष्ट, दुराचारीहरूको चाहिँ यमराजले त न्याय र अन्याय छुट्ट्याउनु पर्यो नि त। व्यस्तताको क्रम भएछ।

अनि झल्याँस याद आएछ, ओहो मेरी बहिनीलाई बिहे भएको पनि लामो समय भइसक्यो। कम्तिमा बहिनीको घर जानुपर्यो भनेर चाहिँ कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि पञ्चमी पर्यन्तसम्म यमराज चाहिँ जानुभएछ र आनन्द फुर्सद लिएर बस्नुभएछ। र यी यमपञ्चकका पाँच दिनहरूमा कसैको यदि मृत्यु हुन्छ भने पनि उसले नर्कको बास गर्नु नपरोस्, उ चाहिँ बैकुण्ठको बास जानुपरोस् भनेर चाहिँ यमराजले वरदान पनि दिनुभएको अ पौराणिक कथनहरूमा आएको हुनाले नै यी यमपञ्चकका यी पाँच दिनहरूको चाहिँ पूर्णताको क्रमहरू रहेको, उहाँ छुट्टीमा रहनुभएको छ।

यमपञ्चकका तपाईंको पाँच दिनहरु रहने भएको हुनाले, अब जसको मृत्यु हुन्छ, उनीहरु चै बैकुण्ठ जानेछन् भनेर उहाँले नै भन्नुभएको छ। त्यसमा पनि यी पाँच दिनमा, कार्तिक शुक्ल पक्षको द्वितीयामा, जहाँ यम र यमुनाको एक आपसमा प्रेम सद्भाव हुन्छ, जहाँ तपाईंको चै टिका प्रसाद ग्रहणको जुन दिन रहेको छ, त्यो दिन चै जसले जसको मृत्यु हुन्छ, उसको चै मुक्ति प्राप्त हुन्छ भनेर पनि यमराजले यमुनालाई भन्नुभएको पौराणिक कथन छ। र त्यसमा पनि नेपालमा जस्तै हिमवत खण्डहरु भए, नेपाल महात्म्य भए, महान मानस खण्डहरु भए, अनि पद्म पुराणहरु भए, त्यसमा व्याख्या गरिएको छ। गरुड पुराणले त झन् किटान गरेरै भनेको अवस्था रहेको छ। जस्तै तिहारको पक्षमा हामीले वर्ष दिन पर्यन्तसम्म, १ वर्ष जस्तै भनौँ न, १ संवतसर भनेर भनिन्छ। वर्षमा दैनिक हामीले हाम्रो हिन्दू संस्कृति संस्कारअनुसार चै काकलाई नदिइकन, कुकुरलाई नदिइकन, अनि जस्तै धान कुट्ने पहिला पहिलाको ढिकी, मुइरो, जातोलाई भाग नछुट्टाईकन, पञ्च ग्रास नछुट्टाईकन खाने प्रचलन हाम्रो संस्कार संस्कृतिले दिदैन।

त्यही संस्कार संस्कृति अन्तर्गत नै, कुकुर पहिला त कागको पूजा गरिन्छ। काग चै एक त यमराजको सूचकको रूपमा र दूतको रूपमा मानिन्छ। अर्को, शिवजी हराउनुभएको बेलामा माता पार्वतीले कागको स्वरूप लिएर, अ, यो अहिले पनि काकेश्वरी मन्दिर जुन रहेको छ, हो, त्यहाँ चै कागै अष्टमीका दिनमा, भाद्रकृष्ण अष्टमीका दिनमा सुनको काग देखाएर चै त्यहाँ प्रदर्शन पनि गरिन्छ। जहाँ तपाईंको चै काठमाडौँको उत्तर पूर्व एरियामा रहेको छ। अनि बागद्वार अर्थात विष्णुको चै यो भवन स्थानमा यसरी शिवजी चै शिवपुरीमा हराउनु भएछ अथवा लुक्नु भएछ र अनि कागले सन्देश दिएको भएको हुनाले यसलाई सन्देश वाहकको रूपमा मानिने भएको हुनाले कागको पूजा गरिन्छ। काँ काँ भनेर खुवाइन्छ। शालको पातमा भात, दाल, फुल, तिलहरु, तिल भनेको चै तपाईंको यमराजले दुःख दिन नहोस्, सक्नुहोस् भनेर यसरी कागको पूजा गरिन्छ। काग कालो हुन्छ।

र अनि साथसाथै काग र कोइली एउटै हुन्छन्, तर कोइली कति प्रिय हुन्छ भने काग कति अप्रिय हुन्छ, किनभने उनले अप्रिय जस्तै मानवहरुले गरेको कर्मलाई चैं यमराजसम्म पुर्याउने दूतको रूपमा रहेको कारणले गर्दाखेरि नै कागको पूजा गरिन्छ र त्यो सँगसँगै काग सँगसँगै धन त्रयोदशी पनि मानिन्छ। जस्तै हामीले अहिले छिमेकी मुलुक भारतबाट अलि बढी प्रसिद्धको रूपमा पनि मानिन्छ। धनत्रयोदशीका दिनमा चैँ अ दानवले दुख दिएको कारणले गर्दाखेरि, अर्थात अमरावतीलाई हरण गरेर लिएर गएको समयमा कुबेर सहित लक्ष्मीमाताको कृपाको कारणले गर्दाखेरि चैँ अमरावती, इन्द्रपुरी नगरी ल्याउन सफल भएको हुनाले धातु रत्न जति लगेको थियो, त्यो फिर्ता लिएर आएको हुनाले धनत्रयोदशी भनेर पनि मनाइन्छ। र जुन त्यो दिनमा जस्तै गर्किन्छ, गहना किन्छ, सुन, चाँदी, पित्तल, कुचो, नाङ्लो र आवश्यक सरसामग्री जसले किन्दछ, त्यसमा चैँ जसरी स्वर्गको हरण भएको थियो, त्यो स्वर्ग समान आउने र श्री सम्पत्ति आउने भएको हुनाले त्यसलाई धनत्रयोदशी पनि मानिन्छ। अनि यहाँले अर्को प्रसंग पनि राख्नुभयो,

कुकुर। कुकुरलाई त अब बैकुण्ठ जाँदाखेरिको अवस्थामा अ भनौँ न, सम्पूर्ण पञ्चपाण्डव द्रौपदीसहितको बाटोमा भनौँ न मृत्यु अवस्था रहँदाखेरि युधिष्ठिर र कुकुर मात्रै बाँचेको हुनाले अ तपाईँको चैँ बैकुण्ठ पुगेको किंवदन्तीहरु अर्थात् तपाईँको पुराणहरुमा उल्लेख गरिएको छ भने घरपालुवाको रूपमा पनि मानिन्छ। अनि चोरी चकारी जस्तो गर्छ, अन्तिममा त्यसको घ्राणेन्द्रिय जुन शक्ति हुन्छ, विज्ञानपरकमा, त्यो शक्तिको कारणले गर्दाखेरि पनि अ चैँ कुकुरलाई अ चैँ चोर सिकारी पत्ता लगाउने रूपमा पनि मानिन्छ। अहिले भनौँ न, आर्मी पुलिसहरुका अर्थात् मा पनि राखिएको अवस्था भएको हुनाले कुकुर एक घरपालुवाको रूपमा पनि मानिएको छ र वफादारको रूपमा पनि मानिने भएको हुनाले कुकुरको पूजा गरिन्छ। जस्तै तेल खुट्टामा लगाउने, शिरमा लगाइदिने, नयँ–धयँहरू गर्ने, मालाहरु लगाउने, अनि साथसाथै खानेकुराहरु, मिष्ठान्नहरु दिएर कुकुरको पूजा गर्ने हाम्रो प्रचलन रहेको छ र यो पुराणहरुमा पनि व्याख्या गरिएको अवस्था पनि रहेको छ। विशेष प्राथमिकता, उनीहरुको केही काम पनि त विशेष नै कामहरु रहेको छ नि त। जस्तै अब भनौँ न, इन्द्रको अ वाहनको रूपमा हात्ती होइन।

अब हात्तीको पनि समय समयमा पुजापाठ त पक्कै हुन्छ। अनि अब कुबेरको अ कुबेरको पूजा हुन्छ, अनि अब लक्ष्मीको वाहन उल्लू, उल्लूको पनि पुजाहरु हुन्छ र विशेष कर्मअनुसार विशेष परिस्थितिहरुमा चैँ हुने भएको कारणले गर्दाखेरि नै जस्तै काग, कुकुर, गाई, गोरु होइन, हामी प्रकृति पुजक भएको हुनाले सुर र मुनिदेखि भूसुनासम्म सबैको सम्मान गर्नुपर्छ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया भनेर भनिन्छ नि त। सबै सुखी हुन्, सबै आनन्द हुन्, सबैको चैँ भलो होस्, हाम्रो धर्मले यस्तो खालको व्याख्या गर्दछ।

देऊ शान्ति, पृथ्वी शान्ति, राफ शान्ति भन्छ। जस्तै आकाश शान्ति होस्, सम्पूर्ण शान्ति होस्, हैन? सम्पूर्णको चाहिँ अह खुशी, उत्साह र उमंग होस् भनेर कामना गर्ने भएको हुनाले, कुकुर इत्यादिको पूजा भएको अवस्था रहेको छ। हामीलाई गाई र गोरु, गाईलाई हामीले लक्ष्मी माताको स्वरुप र आमाको स्वरुप र पोषणदाताको स्वरुप, जसको दुध पान गर्नको कारणले गर्दा शरीरमा बालकहरुलाई हृष्टपुष्ट र वृद्धहरुको लागि पनि हृष्टपुष्टताको क्रम दिने भएको हुनाले गौ माता। गामी अग्रत सन्तु, गामी सन्तु पृष्ठतः। जुन अब यसमा भनौँ न, गाईको अगाडि, पछाडि, ब्रह्मा, विष्णु, महेशदेखि लिएर सारा सम्पूर्ण रहने हुनुभएको हुनाले गाई गौ माताको रुपमा मानिन्छ। हाम्रो हिन्दु संस्कृति, संस्कारअनुसार बैतरनी तर्नको लागि पनि गाईको पुच्छरको आवश्यकता रहेको छ र जुनसुकै कर्म गर्दा खेरि पनि भनौँ न, गाई स्वरुपा अहिलेको जुन पैसा, लष्ट दैवतम भनेर भनिन्छ। त्यसलाई चाहिँ गाई स्वरुप मानेर गौ दान गर्ने प्रचलन रहेको छ।

अनि मात्रै हामीले शुभ कर्महरु गर्छौँ। तसर्थ गाई त दैनिक रुपमा पूजा पाठ नै गरिन्छ, तर पनि बिशेष गाईको पूजाको दिन भनेको कार्तिक कृष्ण औंसीको दिन या कहिलेकाहीँ तिथिले गर्दाखेरि शुक्ल प्रतिपदाका दिनहरुमा गौ माताको पूजा र अनि साथै गोरुको पूजा, अन्नदाता, जसलाई हामीले हलोद्वारा जोत्छौँ। कृषि प्रधान देश भएको हुनाले, अहिले पो आधुनिक समयहरु आए। र गोरुलाई वर्ष दिनसम्म जोतिन्छ, त्यो दिन भनौँ न, खुरहरुमा तेल लगाउने, ओर्ने अनि तपाइँको सिँहहरु रंगाउने, छक्याउने यादि सारा गर्ने। शरीरमा तपाइँको चाहिँ अ बेसरा र तेलको चाहिँ छापहरु लगाउने, मालाहरु लगाउने, अनि अन्नहरु जुन अब उसले जोतेका गाई, भनौँ न, गोरुले जोतेका अन्नहरु, गाई, गोरुहरु यादीलाई खुवाउने, सम्मान गर्ने, पिठो खुवाउने यादी गरेर नै गाई र गोरुको पूजा गरिन्छ। गोरु अन्नदाताको रुपमा र गाईलाई माता लक्ष्मी, पोषणदायिनीको रुपमा यसरी पूजा गर्ने प्रचलन परापूर्वकाल देखि नै थियो। र यो प्रचलन अहिले पनि रहेको छ र अनि अहिले नित्य रुपमा हामीले तिहारको समयमा, अरु त नित्य भइ नै हाल्यो। तिहारमा झन विशेष प्रकारले गरिन्छ। गाईको लागि जस्तै अब सकेसम्म सोडसो उपचारले नै पुजा गर्नु भन्ने प्रचलन पनि रहेको छ। सोडसो उपचार भनेको आसनम पाद्यम, अर्घम पञ्चामृतम लक्ष्मी पुजाका क्रमका पक्ष, उपस्थितीहरु यसरी मानिन्छ र अब गोरुको लागि चाहिँ टिकाहरु लगाउने, ओर्ने, तेलहरु सजाउने, ओर्ने यही प्रक्रिया छ।

त्यस्तो वैदिक विधानहरु त्यति सारो व्याख्या गरिएको अवस्थाहरु रहेको छैन। र उनले नै जोतेको, उनले नै खनेको, उनले नै गरेको सारा सम्पूर्ण यस्ता विषयवस्तुहरुको जसको सम्मान हामीले गर्न सकेनौँ भने त्यो मानव, मानवता रहन सक्दैन भनेर सम्मान गरेको अवस्थाहरु र पुजा, यजन गरेको अवस्थाहरु रहेको छ। लक्ष्मी भन्ने बित्तिकै जस्तै ओम श्रीश्चतेही लक्ष्मीहि च पत्नीहा बहुरात्रै, पाश्र्वै नक्षत्राणी रुपमस्नुहु व्याप्तम विश्विखाडा, मुम्बै खाडा, सरलोकमै खाडा। यसरी ऋग्वेदमा व्याख्या गरिएको छ। लक्ष्मी स्वरुपा माता जसलाई हामीले श्री सम्पत्तिलाई मात्रै लक्ष्मीको स्वरुप मान्दैनौँ। पैसा मात्रै लक्ष्मी होइन। लक्ष्मी भनेको स्वयम मुक्ति, भुक्ति दिने माताको रुपमा मानिन्छ। जहाँ विष्णुको अर्धांगिनीको रुपमा रहनुहुने जस्तै भनौँ न, अ भगवान विष्णुलाई पनि सद्मार्ग तर्फ अभिप्रेत गर्ने माताको मातृशक्ति, या देवी सर्वभूतेषु, मातृ रुपेण संस्थिता। सबैको माताको रुपमा रहनुहुने मातालाई लक्ष्मी पूजाको समयमा, संध्याकालिन समयमा गृहस्थीहरुले सोडसो उपचारले पूजा गरिन्छ र माता लक्ष्मीका पूजन पद्धतिहरु वैदिक विधिअन्तर्गत अ भनौँ न, धेरै व्याख्या गरिएको अवस्था पनि रहेको छ।

 

र अनि त्यति मात्र नभएर माता लक्ष्मीको दैनिक पूजा पनि हुन्छ। अ पाञ्चायन पूजा गर्दाखेरि हामीले माता देवीको पूजा गर्छौं। देवी नै लक्ष्मी स्वरुपाको रुपमा पनि मानिन्छ। र अनि लक्ष्मी पूजाको दिनमा भनेको विशेष गरेर माता लक्ष्मीलाई कमल गट्टाको माला मन पर्छ। अनि तपाइँको चाहिँ माता लक्ष्मीलाई गुंगाल भनेर भन्दछ। अनि केसर भनेर भनिन्छ। अनि चन्दन, अविर, फुल, अक्षता, जौ, तिल, दायाँ शंख अनि त्यसपछाडि तपाइँको चाहिँ सरस्युहरु, अनि मातालाई कौडा हरु, अनि यस्ता यस्ता चिजहरु चाहिँ अत्यन्तै प्रिय मानिन्छ पूजा गर्दाखेरिको अवस्थामा र माता लक्ष्मीको पूजा गर्दा अ उद्योगीहरुले, कल कारखानाहरुमा, उद्योग गरेको ठाउँमा पनि पूजा बही खाताहरुदेखि लिएर पसल, दुकानमा कहीँ पनि कुरामा माता लक्ष्मी आउँदा अत्यन्तै झिलीमिली बत्ती बालेर बाहिर आँगनमा, पसलमा देउसी रे गाउँदै गाउँदै, सिल रोटीहरु पगाउँदै भनौँ न, भैलो गाउँदै गाउँदै गरिएका त्यस्ता खालका पुजाहरु आफ्नो घरमा भइराखेको हुन्छ।

र अनि माता लक्ष्मीलाई हामीले खुशी प्रसन्न गर्नको लागि माता लक्ष्मीको चाहिँ अ प्रतिमाको
रूपमा सुन, चाँदी, हैन यस्ताका पनि प्रतिमहरू निर्माण गर्न सकिन्छ। फोटोहरू हुन्छन्। ती पूजा गरेर माता लक्ष्मीलाई ओम महालक्ष्मी च विधमहे, विष्णुप्रियाय धीमही, तन्नो लक्ष्मी प्रचोदात् बीज मन्त्रले र श्रीसूक्त, लक्ष्मी सूक्त, गोपाल सहस्रनामावली, विष्णु सहस्रनामावली रातभरि जाग्राम गरेर पूजापाठ गरिन्छ। र अनि त्यो पनि कस्तो त? दिन भन्नुहुन्छ भने कार्तिक कृष्ण औँसीको दिन। स्वयं माता लक्ष्मीले भगवान् सदाशिवले यो दिन मेरो हो भनेर भन्नुभएको छ। म यो दिनमा आम जनमानस मा पुग्ने छु भन्दा साँझकालिनमा गृहस्थीहरूले पूजा गर्छन् भने, गृहस्थीहरूले गरेको पसल, दुकानहरू, फ्याक्ट्री कम्पनीहरूमा भने चाहीँ सिंह लग्न पर्छ। पौने १२ देखि लिएर करीब १ बजेसम्म मध्यकालीनमा माता लक्ष्मी आफ्नो वाहन उल्लूलाई लिएर सवारी हुनुहुन्छ। उल्लू भनेको चाहिँ तपाईंको माता लक्ष्मीको वाहन हो। सचिव कुबेर हुन्। कुबेरको पनि साथमा पूजा गरिन्छ। माता लक्ष्मीको यदि कुबेरको पूजा गरिएन, उल्लूको पूजा गरिएन भने माता लक्ष्मी प्रसन्न हुनुहुन्न। तसर्थ यस लक्ष्मी पूजाका दिनमा यसरी पूजा गर्नाले स्वयं उक्त घरमा माता लक्ष्मी प्राकट्यता हुनुहुन्छ भनेर जनविश्वास पनि रहेको छ।

दीपावली जसरी हाम्रो संस्कार संस्कृतिहरूमा पाँच दिन पर्यन्तसम्म झिलिमिली बत्ती बाल्ने, अनि यमपञ्चकले यमराज दुख नदिऊन् भनेर दक्षिणतर्फ केराका सुप्लामा शुद्ध तोरीको तेल अनि यसमा पाँच सुत्ने बत्ती कपासको काटेर दक्षिणतर्फ बाल्ने। साँझकालिनमा बालिन्छ। पाँच दिन पर्यन्तसम्म जसलाई हामीले दीप मालिका अर्थात यमराजको पासबाट दुख नपरोस् भनेर भुइँमा गोबरले लिपेर अनि वरिपरि रातो माटोले पोतेर बालिन्छ। र अनि साथसाथै अब भारतीय संस्कृतिमा सरसर्ति हेर्नुपर्दाखेरि चाहिँ भगवान् राम अयोध्या नगरी प्रवेश गर्दाखेरि दीपावली मनाइएको पनि कतिपय किंवदन्तीमा पाइन्छ। तर वैदिक विधान, धर्म, संस्कृति, संस्कारमा जुन हामीले गरेका छौं, मैले घमण्डका साथ भन्नुपर्छ, हाम्रो संस्कृति, संस्कार हो, हिन्दु त एउटै हो तर त्यसमा पनि बनाउने फरक तरिकाहरू फरकहरू रहेका छन्। जसलाई अब हामीले दीप मालिकाको रूपमा हो, जुन जात, धर्म, वर्ण, लिङ्गले पनि गरेको अवस्थाहरू रहेको छ। लक्ष्मी पूजा भनेको विशुद्ध आद्य सनातिनीहरूले गरेको अवस्था प्रतीतहरू चाहिँ रहन्छ।

भाईटिका यहाँले भाद्र शुक्लपक्षको द्वितीयाको दिनमा गरिने जुन कर्म जुन रहेको छ, त्यसलाई भाईटिका। र त्योभन्दा पूर्व हामीले गोवर्धन पूजा गर्दछौं। अनि पूर्व गाई गोरु जसलाई हली तिहार भनेर भनिन्छ नि, भाद्र शुक्ल प्रतिपदाको दिनलाई जहाँ देउसी खेल्ने, भैलो खेल्ने, सेलरोटी खाने, उत्साह र उमङ्गहरू लिने। हामी त त्यसै आएनौँ। बलि राजाले पठाए, हैन यो यो घर कत्रो? हैन हजुरको सिंहदरबार जत्रो हो। यो यो आँगन कत्रो, टुँडीखेल जस्तो। सो यसरी आशीर्वाद दिने, आशीर्वाद लिने, क्रमहरू रहन्छन्। यो क्रमसँगसँगै भाईटिका, यम र यमुनाको पाँच दिन पर्यन्तसम्म साथमा रहँदाखेरिको अवस्थामा कहिल्यै नओइलाउने मखमलीको माला नम्बर एक र अनि चामललाई कुटेर बनाइएको सेल, सेल चाहिँ जोड्ने काम गर्छ।

हाम्रो संस्कार संस्कृतिले जोड्ने, प्रेम र सद्भाव कसैले भनौँ नराम्रा चिज, अवक्षय चिज जसलाई हामीले माछा मासु भन्छौं। उनीहरूले चाहिँ तोडेर खान्छन्, काट्ने काम गर्छन्। हाम्रो संस्कार संस्कृतिलाई जोड्ने काम गर्दछ। जहाँ ओखर जस्तो अत्यन्तै शक्तिशाली, कटुस जस्तो पवित्र चीज, भाई मसलाहरू दिएर टिका टालाहरू गरेर अनि त्यसमा टिका लगाउँदाखेरिको पनि सप्त रंगी टिका जो कि इन्द्रणी स्वरूपाको रूपमा जसरी रातो, सेतो, पहेंलो, बैजनी अनि त्यसमा कालो पनि प्रयोग गरिन्छ। यस्ता टिकााहरू इन्द्रणीको रूपमा जहाँ शिरमा धाडा गरिन्छ। त्यो चाहिँ भाईको दीर्घायुको कामना गरेर गरिन्छ। अनि जुन टिकाको क्रममा अष्ट चिरञ्जीवीको पूजा गरेर अनि जल र तेलले अनि दुवोले दिदीले, दिदीभाईले प्रदक्षिणा जुन गरिन्छ, त्यसबाट चाहिँ यम पासबाट अर्थात हामीलाई नकारात्मक शक्तिमा चाहिँ कहिल्यै परु नपरोस् भनेर चाहिँ गरिन्छ। ओखर फुटाइन्छ। त्यो ओखर खाने अनि आनन्द साथ तपाईंको चाहिँ मालाहरू लगाउने चिज चाहिँ माला जुन छ मखमली कहिल्यै पनि नओइलाउने त्यस्तो माला र अनि साथसाथै फेरि तपाईंको पिन खेल्ने, अनि कतै जुवातासहरू पनि खेल्ने प्रचलन पनि रहेको छ। जुवा तासलाई चाहिँ कहिलेकाहीँ भनौँ न, सत्य युगदेखि नै कतै पासहरूका भनौं न कौरव पक्ष, पाण्डव पक्षहरूका पनि पाशाहरू पनि त्यो खालको पनि व्याख्या गरिएको परिस्थितिहरू रहेको छ र यसरी उत्साह र उमङ्गका साथ दिदीभाई, दिदी दाजुबहिनी बीचको समागम, प्रेम सद्भावहरू साटासाट गर्ने पर्वलाई नै भाईटिकाको पर्वको रूपमा मानिएको छ।

ओखर प्रत्येक दिन खाँदा शरीरमा भएका रोग व्यथाहरू टरेर जान्छन् भन्ने विश्वास छ र खाइराख्नुभएको अवस्था पनि छ। एकदम, हामीलाई शरीरमा शक्ति दिने ओखर, ओखर फुटाउनु, ओखर खानु, जसलाई हाडे ओखर पनि भनिन्छ। हाडलाई मजबुत बनाउने भएको कारणले गर्दा ओखर त विज्ञानले फरक पनि प्रमाणित गरेको विषयवस्तु रहेको छ। कटुस, तपाईं–हामीले पाउने कटुस कस्तो काँडाभित्र फलेको हुन्छ र त्यो कटुस खाँदा शरीरमा शक्तिको स्रोत हुन्छ। भाइ मसला, जुन कि तपाईंको चकलेटहरूदेखि लिएर मखनाहरूदेखि लिएर ती भाइ मसलाहरू जुन छन्, त्यसले शरीरमा शक्ति दिन्छ र अनि दिदीबहिनीलाई वस्त्र भयो, अन्य चिजहरू भयो। यथासक्य जे जस्तो प्रकारले दान धर्म गर्न सकिन्छ।

दिदीहरूलाई दाजुभाइले दान धर्म गर्ने, दाजुभाइ दिदीबहिनी नहुनेहरूले कसैका दाजुभाइ नहुन होला, कसैका दिदीबहिनीहरू नहोलान्। कसैले भनौँ न आफ्ना काका, बा, ठूलो बा, सानी बा या आदिका दिदीभाइ दाजुबहिनी बनाएको अवस्था पनि रहेको छ र अनि त्यति पनि नहुनेहरूले चाहिँ काठमाडौँको मध्यभाग रानीपोखरीमा जहाँ भाइटीकाको दिनमा मात्र खुल्ने जुन मन्दिर जुन रहेको छ, त्यो मन्दिरमा गएर टिका लगाउने प्रचलन पनि रहेको छ। तसर्थ, जो खाद्य वस्तुहरू रहेका छन्, ती खाद्य वस्तुहरूले चाहिँ शरीरमा शक्ति, ऊर्जा र शक्ति दिने खानेकुराहरू दिदीबहिनीले दाजुभाइलाई दिने, दाजुभाइले यथासक्य वस्त्रहरू होस्, सुनका गहनाहरू होस्, भेटीहरू होस्, दिएर दिदीहरूलाई प्रसन्न मानेर वर्ष दिनभरि भएका पीडाहरूलाई खुशी र उत्साह र उमङ्गका साथ मनाउने यो हाम्रो पर्व।

यो एकदम विशुद्ध नेपालीहरूको पर्व भन्नुपर्छ, गर्वका साथ वैदिक सनातनीहरूको पर्व भन्नुपर्छ। यसमा बहुआयामिक पर्व रहेको छ, जहाँ संस्कार र संस्कृति रहेको छ, जहाँ तपाईंको धर्म जोडिएको छ, जहाँ वैदिक परम्परा पनि जोडिएको छ। लक्ष्मीपुजनमा वैदिक परम्परा पनि जोडिएको छ। यसमा संस्कृति पनि जोडिएको छ र त्यति मात्र नभएर नेपालमा बहुल भाषिक र बहुल सांस्कृतिक देश भएको कारणले गर्दाखेरि यसमा जस्तै किरातहरूले पनि आफ्नो तरिकाले मनाउने, अर्थात् हाम्रो भनौँ बौद्ध परम्परामा पनि आफ्नो तौरतरिकाहरूले मनाउने, थारु सम्प्रदायमा पनि आफ्नो तौरतरिका, ब्राम्हण–क्षेत्रीले पनि आफ्नो तौरतरिकाले मनाउने र नेवारी संस्कार संस्कृतिमा भनेको चाहिँ तपाईंको तिथि–बारबाट युक्त भएको हुनाले नेपाल सम्बत र आत्माको पुजा जसलाई महापुजा भनेर भनिन्छ। महापुजा, आत्मको पुजाको क्रम गर्ने यो पर्व र अनि भाइटिकालाई नेवारी कल्चरमा किजा भनेर भनिन्छ।

व्यक्तिको चाहिँ टिका प्रसाद ग्रहणको क्रमको यो बहुआयामिक पर्व देशमा रहनुहुने, विदेशमा रहनुहुने र अनि साथसाथै तपाईंको दाजुभाइ हुने, दाजुभाइ नहुने कारणवश कोही टाढा हुनुहुने सम्पूर्णलाई सम्पूर्णले हाम्रो संस्कार र संस्कृति बचाउन अथक प्रयास गर्नुपर्ने हुन्छ। हाम्रो धर्म, संस्कृति, संस्कारमा आघात पुर्याइराखेको अवस्थामा तपाईं–हामी जस्ता युवाले सत्य, तथ्य, यथार्थ र अनि ज्ञानद्वारा निर्मित विज्ञानलाई प्रमाणित गरेर चाहिँ जुन देखाउनुपर्ने अवस्था पनि रहेको हुनाले यो हाम्रो तिहार पर्वले, यो हेमपञ्चकका यी पाँच दिनले खुशी र उत्साह र उमङ्ग लिन्छ भन्ने मलाई पूर्ण आशा पनि लागेको छ। विशेषै यो पालाको चाहिँ चन्द्रमाको गतिअन्तर्गत दाजुभाइहरू पश्चिम फर्किने र दिदीबहिनीहरू पूर्व फर्केर लगाउनुभएको खण्डमा अत्यन्त उत्कृष्ट रहेको छ। नम्बर एक। यदि आफ्नो स्थान अभावले केही अप्ठ्यारो पर्यो भने दाजुभाइहरू चाहिँ तपाईंको चाहिँ पूर्व फर्किने, पश्चिम फर्किने, दिदीबहिनीले पूर्व फर्केर लाउन पनि मिल्यो। या पूर्व र पश्चिम दुवै रूपमा जाँदाखेरि वृश्चिकमा चन्द्रमा भएको कारणले गर्दा त्यस्तो कुनै पनि समस्याहरू भने रहेको छैन।

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...