CG Electronics
IME Life
NIMB

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २३ दिनभित्र जेन जी आन्दोलनका पीडितलाई सवा अर्ब बीमा दावी भुक्तानी

NIMB
Himalayan Bank

काठमाडौं । नेपाली बीमा कम्पनीहरुले दावी भुक्तानी छिटो गर्ने क्षमताको प्रमाण सिद्ध गरेका छन्। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले जेन जी आन्दोलनमा क्षति पुगेका पीडितहरुलाई २३ कार्यदिनभित्रै सवा अर्ब रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ।

कम्पनीले दावी भुक्तानी २३ दिनमै सम्पन्न गरेर आफूलाई देशकै उत्कृष्ट बीमा दावी भुक्तानी गर्ने कम्पनीको रूपमा स्थापित गरेको जनाएको छ। कर्फ्यु र दशैं बिदामा समेत कम्पनीका कर्मचारीहरुले कडा मेहनत गरेकाले यो उपलब्धि सम्भव भएको सिईओ बिरेन्द्र बैदवार क्षेत्रीले बताए।

सिईओ क्षेत्रीका अनुसार आज अपरान्हसम्म अग्रिम भुक्तानी र अन्तिम भुक्तानी गरी कूल एक अर्ब २६ करोड रुपैयाँ दावी भुक्तानी भइसकेको छ। जेन जी आन्दोलनबाट पीडित उद्यमी तथा व्यवसायीहरूले यसबाट ठूलो राहत पाएका छन्।

आन्दोलनका क्रममा ३५७ वटा बीमा पोलिसीमा ५ अर्ब ४९ करोडको प्रारम्भिक दावी परेको थियो। हालसम्म १०५ वटा दावी पूर्ण भुक्तानी भइसकेको र अग्रिम भुक्तानी सहित एक अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

कम्पनीले हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गत दावी भुक्तानी गरेको बताएको छ। सिईओ क्षेत्रीले प्रतिकुल परिस्थितिमा पनि बीमितको क्षती भएको सम्पत्तिको दावी छिटो फछ्र्यौट गर्ने र आर्थिक पुनःस्थापना सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता दोहोर्याए।

कम्पनीले बाँकी दावी भुक्तानीका लागि बीमितहरुलाई आवश्यक कागजात पेश गरी दावी प्रक्रिया पूरा गर्न सहयोग गर्न अनुरोध गरेको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...