Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्थाको सुरुवात भइसकेको बताए ।

उनले भने, ‘हामीले सुरुदेखि नै केही कुरामा ख्याल गरिरहेका छैनौ । नेपाल वातावरणीय हिसाबले विविधता भएको देश हो । तर त्यो कुरा बुझ्न सकेनौ । हामीले हाइब्रिड बिउ जस्तो घातक कुरालाई पनि नेपाल भित्रायौं । हाइब्रिड देशभित्रै उत्पादन गर्न सक्छौ भने राम्रो हो तर हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने कुरा हो । त्यसपछि आयात गर्नुपर्ने अवस्था आउँछ जसको सुरुवात अहिले भइसकेको छ । यो सबै माटोले दिएको बिउ चिन्न नसकेको कारणले भएको हो ।’

आफ्नै देशको माटोमा बनेको बिउमाथि विश्वास गर्न सकेनौ भने यसरी बसेर कृषिको कुरा गर्नु बेकारको गफ मात्र भएको उनको भनाई छ ।
यस्तै, उनले जीवन, समाज, राष्ट्र र मानव सभ्यताको समृद्धि सबैको लागि कृषि अनिवार्य भन्ने कुरा धर्म ग्रन्थहरुले पहिलैदेखि सिकाएको भन्दै सिकेको कुरालाई समयानुकूल चलाउन नसक्नु छलफलको विषय भएको बताए ।

हाइब्रिड बिउ बनाएर विकास गर्ने हो भने आफ्नै बिउलाई विकास गरेर हाइब्रिड बनाउन सकिने पनि उनको भनाई छ ।

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १२:५८

  काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस...

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको पनि साथ

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४२

  काठमाडौं । नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड...