CG Electronics
IME Life
NIMB

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ ।

बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।शिक्षालाई प्रविधिसँग जोड्ने उदेश्यसहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।

समझदारी समारोहमा बोल्दै सजिलो नेटका तप सीईओ कार्कीले उक्त सहकार्य केवल कागजका लागि मात्र नभएर साझा दृष्टिकोण र प्रतिवद्धतामा हुने बताए । ‘यो सहकार्य एउटा कागजी रुपमा मात्र होइन, यसमा हाम्रो साझा दृष्टिकोण र प्रतिबद्धता छ । शैक्षिक जगतलाई व्यवहारिकतासँग जोड्ने प्रयास हो,’ उनले भने, ‘पढिसकेपछि साथीहरु जागिरका लागि आउनुहुन्छ, तर उहाँहरुसँग ज्ञान त हुन्छ तर सीप हुँदैन, त्यसलाई परिपूर्ती गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’

त्यस्तै क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठले कलेजबाट पास आउट भएर विद्यार्थीहरु गए पनि बजारबाट व्यवहारिक ज्ञान नभएको गुनासो आउने गरेको तर अबको सहकार्यले हदसम्म त्यो गुनासोको सम्बोधन गर्ने विश्वास व्यक्त गरे । ‘अहिले हामीलाई आउने कम्प्लेन भनेको विद्यार्थीहरुमा प्राक्टिकल नलेज भएन भन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामी दिनमा हामीले हाम्रा विद्यार्थीहरुलाई ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान दिन सक्नेछौँ भन्ने विश्वास छ,’ उनले भने ।

साथै सजिलो नेटसँगको सहकार्यले कम्पनीका लागि मात्र नभएर देशमा दक्ष जनशक्ति उत्पादनका लागि समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
‘सजिलो नेटसँगको सहकार्यले केवल सजिलो नेटका लागि मात्र जनशक्ति उत्पादन हुने छैनन्, देशलाई प्रविधिसँग जोड्ने म्यानपावर उत्पादन हुनेछ,’ उनले भने ।

त्यस्तै क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सीईओ)
सीईओ अरुणकुमार भण्डारीले अब हरेक क्षेत्रले एकले अर्कोलाई आलोचना गरेर भन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘अहिले यसले यो ग¥यो, यो गर्न सकेन भनेर अरुका आलोचना गर्ने गरिन्छ । तर हामीले सहकार्य गरेर काम गरेका छौँ त रु त्यसलाई एकपटक नियाल्नुपर्दछ । त्यसका लागि यस्ता किसिमका सहकार्यले हामीलाई देशमा दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्दछ,’ उनले भने ।

समझदारी समारोहमा सजिलो नेटका तर्फबाट सीईओ सतिश कार्की, सीओओ विकास मुडभरी र सजिलो नेटका अध्यक्ष प्रकाशमान सिंह जिसीको उपस्थिति रहेको थियो । त्यस्तै क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठ, सहायक क्याम्पस प्रमुख सहप्राध्यापक राजन लामा, कलेजका बोर्ड मेम्बर राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...