CG Electronics
IME Life
NIMB

नेपाल रेमिटरर्स एशोसिएसन र मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसबीच ऐतिहासिक साझेदारी

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपालको रेमिटेन्स क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने उद्देश्यसहित नेपाल रेमिटरर्स एशोसिएसन (NRA) ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (MAMSB) सँग औपचारिक रूपमा साझेदारी गरेको छ। नेपालको रेमिटेन्स कम्पनीप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यतालाई प्रतिविम्बित गर्ने यो सहकार्यलाई उद्योगका लागि ऐतिहासिक उपलब्धि मानिएको छ।

कई चरणका छलफल र परामर्शपछि दुवै संस्थाले मनी सर्भिसेस बिजनेस (MSB) क्षेत्रलाई सुदृढ बनाउने, सहकार्य विस्तार गर्ने, तथा ज्ञान आदान–प्रदानमार्फत उद्योग सुधार गर्ने विषयमा सहमति जनाएका हुन्। साझेदारीले सीमा–पार सहयोग, नियामकीय अनुपालन, प्रविधि सुधार, तथा अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरू आत्मसात् गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर समारोहमा MAMSB का अध्यक्ष दातो’ श्री जाजाखान बिन कादेर गनी र NRA का अध्यक्ष रितेश मित्तल ले नियमन, नवप्रवर्तन, डिजिटल रूपान्तरण, अवैध सञ्चालकहरूको नियन्त्रण तथा उपभोक्ता संरक्षणजस्ता साझा चुनौतीहरू समाधान गर्न सहयोगात्मक मोडेलमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

NRA का अध्यक्ष रितेश मित्तल ले भने,
“यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि हो। MAMSB सँगको सहकार्यले ज्ञान आदान–प्रदान, क्षेत्रीय सहकार्य तथा नवप्रवर्तन प्रवर्धनमा मद्दत गर्नेछ। अन्ततः यसले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा नेपालको समग्र अर्थतन्त्रलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।”

तेस्तै, MAMSB का अध्यक्ष दातो’ श्री जाजाखान बिन कादेर गनी ले भने,
“हामी नेपाल रेमिटरर्स एशोसिएसनसँग सहकार्य गर्न पाउँदा निकै प्रसन्न छौँ। प्रविधि, दक्षता विकास तथा अन्तर्राष्ट्रिय मापदण्डको पालनामार्फत मनी सर्भिसेस क्षेत्रलाई सुदृढ बनाउने हाम्रो साझा दृष्टिकोण यस साझेदारीले स्पष्ट गर्दछ।”

यो सहकार्यले दुवै संस्थाबीच सीप विकास, नीतिगत संवाद, अनुसन्धान–अध्ययन, तथा क्षेत्रीय समन्वयका नयाँ अवसरहरू खोल्नेछ। साथै, यसले विश्वभरका लाखौँ वैदेशिक श्रमिक र तिनका परिवारका लागि अझ सुरक्षित, छिटो र किफायती रेमिटेन्स सेवाहरू उपलब्ध गराउने दिशामा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...