CG Electronics
Ncell NPL
NIMB

देउवाले डाम्न खोजेपछि खरो रुपमा उत्रिए शेखर,भने बाघको खोल ओढ्दैमा स्याल कहिल्यै बाघ हुँदैन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ फागुन १३ । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशन समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउन सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन्।

विराटनगरस्थित कोइराला निवासमा सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘हाम्रो कार्यकाल अब एक वर्षमात्र बाँकी छ। तर, सभापति देउवा भने दुई वर्ष थप्ने दाउमा हुनुहुन्छ।’

पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफू कार्यकर्तामाझ जाने र गइरहने बताउँदै कोइरालाले कांग्रेस कमजोर र संगठन शून्य बराबर भएको बताए।

‘हारको जिम्मा कसले लिने भन्दा मलाई अनुशासन र कारबाहीको कुरा गरे भने मलाई केही भन्नु छैन,’ उनले भने।

देउवाले ‘पार्टी कोइरालाहरूको बपौती नभएको र शेखर कोइराला को हो ?’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीबारे शेखरले, ‘म को हुँ भन्ने मलाई हेक्का छ, म मेरो राजनीतिक संस्कार छाड्न सक्दिनँ। बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छु।’

उनले सभापति देउवाको राजनीतिक संस्कार रहेछ भन्ने देखिएको टिप्पणी गरे।

‘उहाँले मेरो र परिवारबारे जे बोल्नु भएको छ, त्यो उहाँकै राजनीतिक संस्कार होला,’ कोइरालाले भने। बाघको खोल ओढ्दैमा स्याल कहिल्यै बाघ हुँदैन त्यसैले सभापति देउवाले यस विषयमा हेक्का राख्नु जरुरी छ ।

कोइरालाले सरकारका क्रियाकलापहरू जनविरोधी देखिएको टिप्पणी गरे। भ्रष्टाचार झन् बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको, वाइड बडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बदनाम गर्न सरकार नै उद्दत रहेको टिप्पणी गरे। भने, ‘वाइड बडीमा जो–जो तानिए पनि कारबाही हुनुपर्छ। अब अख्तियारले कसरी काम गर्छ भन्ने जनताको पर्खाइ छ।’

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...