CG Electronics
IME Life
NIMB

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई आपतकालीन सहयोग हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई आपतकालीन सहयोग हस्तान्तरण गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा क्षति पुगेका यी दुई निकायलाई नाइमाले फर्निचर तथा अन्य आवश्यक सामग्री सहयोगस्वरूप उपलब्ध गराएको हो। नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले मंगलबार उक्त सहयोग हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा नाइमाबाट प्राप्त सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले सो सहयोगकै कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको उल्लेख गर्दै संस्थाप्रति आभार व्यक्त गरे।

यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत तथा आपतकालीन सहयोगको उच्च प्रशंसा गरे। उनले स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक प्रहरीसँग दीर्घकालीन सहकार्य र साझेदारी कायम गर्न सफल भएको बताउँदै ट्राफिक शिक्षा र व्यवस्थापनमा नाइमालाई एक भरपर्दो सहयात्रीका रूपमा चित्रण गरे।

कार्यक्रममा अध्यक्ष वैद्यले संकटको घडीमा सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूलाई सानो भए पनि सहयोग गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन्। उनले सार्वजनिक निकायसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको उल्लेख गर्दै आगामी दिनमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाइन्।

कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण प्रस्तुत गर्दै यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल तथा ढोकाहरूको पुनर्निर्माण गरिएको र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायतका सामग्री सहयोग प्रदान गरिएको जानकारी दिए।

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:३५

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य...

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:२८

  काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक एशियन ब्याट्री लिमिटेड...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...