CG Electronics
IME Life
NIMB

“सही व्यक्ति सही स्थान” नारासहित साधना पुडासैनीको उम्मेदवारी घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । यही पुस २८ गते हुने गरी चुनावी कार्यतालिका सार्वजनिक भएसँगै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा यतिवेला चुनावी सरगर्मी छाएको छ । इक्यानको वर्तमान कार्यसमितमा रहेका पदाधिकारी एवं सदस्यहरुले आगामी कार्यकालको लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यसै क्रममा वर्तमान इक्यान कार्यसमिति सदस्यको जिम्मेवारीमा रहेकी साधना पुडासैनीले आगामी कार्यसमितिका लागि औपचारिक रुपमै कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

“सहि व्यक्ती सहि स्थान – भरोसायोग्य कोषाध्यक्ष” नारा बोकेर पुडासैनीले इक्यानको आर्थिक पारदर्शिता, अनुशासन र संस्थागत मजबुतीका लागि कोषाध्यक्ष पदमा उम्मेद्बारी प्रस्तुत गरेको उल्लेख गरेकी छन् ।

उनले उम्मेदवारी घोषणा गरेसँगै अनुभव, जिम्मेवारीबोध र स्पष्ट दृष्टिकोणका साथ इक्यानको कोष व्यबस्थापनलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

पुडासैनीले शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष संलग्न रहँदै एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा काम गरेको भन्दै संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व र आर्थिक अनुशासन कायम राख्न कोषाध्यक्षको रूपमा योगदान दिन तयार रहेको बताएकी छन् ।

उनले इक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल संस्थाको रूपमा अगाडि बढाउन सम्पूर्ण कार्यसमिति तथा आम सदस्यसँग सहकार्य गर्ने बताएकी छन् ।

उनले आगामी कार्यकालको लागि कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको भन्दै सम्पूर्ण इक्यानियनलाई आफुमाथि विश्वास गर्न आग्रह गर्दै साथ, सहयोग र अमूल्य मत प्रदान गर्न अपिल गरेकी छन् ।

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४५

काठमाडौं, नेपाल। नेपालको सूचना प्रविधि (IT) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी र मोटर सहयोग हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:२३

  काठमाडौँ । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:३५

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य...