CG Electronics
IME Life
NIMB

लामिनार टायल्सको ‘मोनोलिथ डिजिटल फुल–बडी’ टायल सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। नेपालको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लमिनार टायल्सले आफ्नो नयाँ प्रडक्ट ‘मोनोलिथ डिजिटल फुल–बडी’ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार मोनोलिथ डिजिटल डिजाइन र फुल–बडी प्रविधिको संयोजनमा आधारित छ । कम्पनीका प्रबन्ध निर्देशक अशुतोष खेतानले मोनोलिथमार्फत आफूहरुले प्राकृतिक ढुंगाको सुन्दरतालाई सरल र आधुनिक टायल भाषामा प्रस्तुत गराएको बताए । जसले प्रतिकूल वातावरण र दीर्घकालीन प्रयोगमा पनि आफ्नो गुणस्तर कायम राख्ने उनको भनाइ छ ।

मोनोलिथलाई आधुनिक घर तथा सार्वजनिक स्थानमा प्रयोग गर्नका लागि तयार गरिएको हो । कम्पनीले यसलाई सन्तुलित र टिकाउ टायलका रुपमा प्रस्तुत गरेको छ । यो टायलमा चूनढुङ्गा, बालुवा, खरानी, स्लेट र ज्वालामुखीय काँच (ओब्सिडियन) जस्ता प्राकृतिक तत्व मिसाइएको छ ।

सामान्यतया ग्लेज्ड टायलमा लामो समय प्रयोग गर्दा सतह घिसिँदै भित्रको फरक रङ देखिन थाल्ने समस्या देखिन्छ तर मोनोलिथ डिजिटल फुल–बडीमा उक्त समस्या नरहने कम्पनीको भनाइ छ । साथै डिजाइनमा पनि विविधता भएको कम्पनीले जनाएको छ ।

यो टायल म्याट कार्भिङ, ग्रानुलर म्याट र ग्रिट टेक्स्चुरा ब्राण्डमा उपलब्ध छन् भने नघिस्रिने, नकोरिने र नचिप्लिने जस्ता प्राविधिक मापदण्ड पनि पूरा गरिएको छ । जसका कारण टायललाई पानी पर्ने वा भिज्ने स्थान, बाहिरी क्षेत्र तथा उच्च आवतजावत हुने ठाउँका लागि उपयुक्त मानिएको छ ।

यी टायलहरू विमानस्थल, सपिङ सेन्टर, होटल, अस्पताल र कार्यालयजस्ता सार्वजनिक स्थानका साथै घरभित्रका बैठककोठा, शौचालय, भान्सा, कौशी, पौडीपोखरीलगायतमा पनि प्रयोग गर्न सकिन्छ ।

मोनोलिथ सग्रह लमिनारले हालै एनएस ६१७ः२०८२ प्रमाणिकरण प्राप्त गरेपछि प्रडक्ट सार्वजनिक गरिएको हो । उक्त प्रमाणिकरणअनुसार लामिनारका टायल पूर्ण भिट्रिफाइड तथा राष्ट्रिय मापदण्डको उच्चतम श्रेणीमा वर्गीकृत छन् ।

नेपालको पहिलो स्वदेशी फुल–बडी टायल संग्रह ‘सेन्टो’ पछि मोनोलिथमार्फत लमिनारले डिजिटल फुल–बडी प्रविधिमा अर्को कदम अगाडि बढाएको जनाएको छ । यसअघि यस किसिमका नेपालमा उत्पादन नभएकाले आयात गर्नुपर्ने अवस्था थियो ।

एक्स्पोमा लामिनारले मोनोलिथलगायत अन्य प्रडक्ट पनि प्रदर्शन गरिरहेको छ । ४०० भन्दा बढी डिजाइन समेटिएको लामिनारका सम्पूर्ण प्रडक्ट भने काठमाडौँ लाजिम्पाटस्थित उत्तरढोकामा रहेको लामिनार एक्स्पेरियन्स सेन्टर तथा देशभरका १६० भन्दा बढी अधिकृत डिलरमा गएर अवलोकन गर्न सकिन्छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...