CG Electronics
IME Life
NIMB

नयाँ दलले गरेका कामको पनि हिसाब किताब किताब मागौँ : बिनोद चौधरी

NIMB
Himalayan Bank

 

नवलपरासी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले जनताले अब नयाँ दलले गरेका कामको हिसाब किताब माग्नु पर्ने बेला आएको बताएका छ्न ।आफुले आज सम्म यो क्षेत्रमा गरेका कामहरुको “रिपोर्ट कार्ड”जनता सामु प्रस्तुत गरेको बताउँदै उनले नयाँ भनिएका दलहरुको पनि कामको हिसाब माग्नु पर्ने र उनिहरुलाई पनि प्रश्न गर्नु पर्ने बताए ।

प्रतापपुर गाउपालिका वडा नम्बर ९ मा नेपाली काङ्ग्रेसद्वारा आयोजित एक समारोहमा बोल्दै उनले परिवर्तन आफैबाट सुरुवात गर्नु पर्छ भन्ने उदेश्य अनुरुप आफ्ना एजेन्डा सहित काङ्ग्रेस बदलिएर आएको उनले जिकिर गरे ।”हामिले आफुले गरेका कामको हिसाब सार्बजनिक गरेका छौ,तपाईहरुले पनि नयाँ दललाई प्रश्न गर्नुस कि”टाउको कहाँ छ,पुछर कहाँ छ”उनले भने ।अरुलाई बदल्नु भन्दा पहिला आफू बलदिलिनु पर्ने उनको तर्क थियो ।

कार्यक्रममा बोल्दै उनले खजुरा खोला किनारमा निर्माण भएको उद्योग ग्राम सञ्चालनका लागि उधोगहरु स्थापनाको बाताबरण तयार गर्नकालागी केही दिन भित्रै उद्योगिहरु सग छलफलको तयारी भैरहेको समेत जानकारी दिए ।केही दिनमै शाहीद स्मृति अस्पताल चौपत्तामा डायलासिस सेवा सूचना हुने हुँदा मृगौला पिडित नागरिक अब टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास ब्यक्त गरे ।

फरक प्रसङ्गमा बोल्दै चौधरीले आफू बिगत देखि नै थारु समुदाय सग नजिक रहेर काम गरेको उल्लेख गर्दै थारु समुदायको ईमान्दारिता र उनिहरुका समस्यालाई आफुले नजिक बाट बुझेको बताए ।”म थारु समुदायको ईमान्दारितालाई राम्रो सग बुझ्छु,मेरा उद्योगमा काम गर्ने कयौ मजदुरहरु थारु समुदायका छ्न,त्यसैले पनि मैले उनिहरुलाई नजिक बाट बुझेको छु “उनले भने ।

बिकास गतिलाई निरन्तरता दिनका र परिवर्तनका लागि स्थायी सरकारको आवश्यकता पर्ने हुँदा अबको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई अत्याधिक मतले बिजयी गराई गगन थापाको नेतृत्वको सरकार अपरिहार्य रहेको चौधरीको भनाई थियो ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...