CG Electronics
IME Life
NIMB

ट्याक्सी मापदण्डबारे नाइमाका सुझाव मन्त्रालयमा पेश

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ कार्यान्वयनका सन्दर्भमा देखिएका केही व्यवहारिक तथा नीतिगत विषयबारे आफ्ना सुझावहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष पेश गरेको छ।

नाइमाले ट्याक्सी सेवा मापदण्ड, २०८१ अनुसार ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा वर्गीकरण गरिएको र ती वर्गअन्तर्गत तोकिएका प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी सबै विशिष्टिकरणहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने स्पष्ट व्यवस्था रहेको उल्लेख गरेको छ।

संघका अनुसार हाल बाग्मती प्रदेश मा व्यवहारमा सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको देखिन्छ। तर राष्ट्रिय मापदण्डले सिडानमा मात्र सीमित नगरेको भन्दै अन्य उपयुक्त, यात्रुमैत्री तथा आवश्यकताअनुसारका सवारी साधनलाई पनि समावेश गर्नुपर्ने नाइमाको धारणा छ।

नाइमाले सिडान बाहेकका सवारी साधनहरूलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुको स्पष्ट आधार नदेखिएको उल्लेख गर्दै, मापदण्डमा तोकिएका सबै शर्तहरू पूरा गर्ने विभिन्न सवारी वर्गलाई अनुमति दिइएमा सेवा प्रदायकलाई लचकता मिल्ने र यात्रुहरूलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता (अपाङ्गता मैत्री) तथा समूहअनुसार विकल्प उपलब्ध हुने जनाएको छ।

पत्रमा विश्वका विभिन्न देशहरूमा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत ट्याक्सी सेवा सञ्चालन भइरहेको उदाहरण पनि प्रस्तुत गरिएको छ। नेपालका केही सहरहरूमा फरक वर्गका सवारी साधनलाई अनुमति दिइएको भए पनि बागमती प्रदेशमा सो व्यवस्था लागू नभएको कारण व्यवहारिक असमानता देखिएको नाइमाको भनाइ छ।

नाइमाले राष्ट्रिय मापदण्डमा उल्लेखित सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी विशिष्टिकरणहरू पूरा गर्ने साधारण, विशेष र विशिष्ट वर्गका सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति प्रदान गरिनु न्याय, समानता र सेवा विस्तारका दृष्टिले उपयुक्त हुने सुझाव दिएको छ। मन्त्रालयसँग सहकार्य गर्दै सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनमा आफू प्रतिबद्ध रहेको संघले जनाएको छ।

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...