CG Electronics
IME Life
NIMB

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६’ आयोजना हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । केबीए ग्लोबल प्रा.लि.को आयोजनामा ‘गोल्डेन गेट इन्टरनेशनल कलेज केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६’ आगामी फेब्रुअरी २४ र २५ मा आयोजना हुने भएको छ। प्रतियोगिताको औपचारिक जानकारी काठमाडौंस्थित आर्याल होटलमा आयोजित मिडिया डे तथा प्रेस मिटमार्फत सार्वजनिक गरिएको हो।

आयोजकका अनुसार प्रतियोगिता वन डे क्रिकेट एकेडेमीमा सञ्चालन हुनेछ। प्रतियोगितामा १२ अन्तर–कलेज टिमहरूको सहभागिता रहनेछ, जसमा Golden Gate International Collegeसहित विभिन्न कलेजका टोलीहरू प्रतिस्पर्धामा उत्रनेछन्।

प्रेस मिटमा प्रतियोगिताको उद्देश्य, खेल तालिका, नियमावली तथा संरचनाबारे जानकारी दिइएको थियो। आयोजकले प्रतियोगितालाई युवाहरूमा खेल भावना, नेतृत्व क्षमता र अनुशासन विकास गर्ने साझा मञ्चका रूपमा अघि बढाइएको जनाएको छ।

टाइटल स्पोन्सर गोल्डेन गेट इन्टरनेशनल कलेजका प्रतिनिधिले शिक्षा र खेलकुदबीचको सहकार्यले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रेस मिटको अवसरमा प्रतियोगिताको आधिकारिक ट्रफीसमेत सार्वजनिक गरिएको थियो। कार्यक्रमको अन्त्यमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।

प्रेस मिट सम्पन्न भएसँगै अब खेलप्रेमीहरूको ध्यान फेब्रुअरी २४ र २५ मा हुने प्रतिस्पर्धात्मक खेलतर्फ केन्द्रित भएको छ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...