CG Electronics
Ncell NPL
NIMB

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ केन्द्रीय कार्यालय पानीपोखरीमा उद्घाटन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड ले काठमाडौँ महानगरपालिका–३, पानीपोखरीस्थित आफ्नो नयाँ अत्याधुनिक केन्द्रीय कार्यालय भवनको भव्य समारोहबीच उद्घाटन गरेको छ। कम्पनीको संस्थागत सुदृढीकरण, सेवा विस्तार तथा प्रविधिमैत्री पूर्वाधार विकास गर्ने लक्ष्यसहित निर्माण गरिएको १२ तल्ले भवन बुधबार संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष हेम राज ढकाल, नेपाल बीमा प्राधिकरण का कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष तथा संस्थापक शेयरधनी चन्द्र प्रसाद ढकाल लगायतले संयुक्त रूपमा भवन उद्घाटन गरेका थिए।

करिब २ रोपनी ६ आना क्षेत्रफलमा फैलिएको उक्त भवन करिब ६० हजार वर्गफिटमा निर्माण गरिएको छ, जसमा दुई तल्ला पार्किङसहित आधुनिक कार्यालय सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

आधुनिक सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नयाँ भवनले कम्पनीको दीर्घकालीन रणनीति, ग्राहक केन्द्रित सेवा तथा डिजिटल पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। “यो भवनले कम्पनीलाई छिटो, प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्न थप ऊर्जा दिनेछ,” उनले भने।

यसैगरी, नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष फत्तबहादुर के.सी. ले कम्पनीको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

बीमा क्षेत्रको विकासमा सकारात्मक प्रभाव

कार्यक्रममा बोल्दै उद्योगपति तथा आइएमई गु्रप अफ कम्पनी का अध्यक्ष चन्द्र प्रसाद ढकालले कम्पनीले विगत ११ वर्षमा उल्लेखनीय प्रगति गरेको बताए। उनले नियामकीय निकायको सहयोगले बीमा बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

त्यसैगरी, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले कम्पनीले बीमा क्षेत्रको विस्तार र जनविश्वास अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नयाँ पूर्वाधारले सेवा गुणस्तरमा सकारात्मक प्रभाव पार्ने बताए। उनले नेपाली बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न आवश्यक नीति निर्माण भइरहेको पनि जानकारी दिए।

दीर्घकालीन दृष्टिकोणको प्रतीक : सीईओ

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ ले नयाँ भवनलाई कम्पनीको प्रतिबद्धता, विश्वास र दीर्घकालीन दृष्टिकोणको प्रतीकका रूपमा वर्णन गरे। उनले कम्पनीको प्रगतिमा योगदान पुर्‍याउने नियामक निकाय, सञ्चालक समिति, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गरे।

कार्यक्रममा बीमा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका अधिकारी, उद्योगी–व्यवसायी, स्थानीय सरकारका प्रतिनिधि, कर्मचारी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कम्पनीले नयाँ भवन सञ्चालनसँगै प्रविधिमा आधारित सेवा विस्तार, पारदर्शिता तथा ग्राहक सेवामा थप सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...