CG Electronics
IME Life
NIMB

ट्रायम्फ मोटरसाइकल्सले नेपालमा स्क्र्याम्बलर ४०० एक्ससी सार्वजनिक, प्रारम्भिक मूल्य ७.९९ लाख

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फ मोटरसाइकल्सले आफ्नो ४०० सीसी मोडर्न क्लासिक पोर्टफोलियो विस्तार गर्दै स्क्र्याम्बलर ४०० एक्ससी मोडेल नेपालमा सार्वजनिक गरेको छ। मोटरसाइकललाई नक्सालस्थित बाइकर्स क्याफेमा आयोजित कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

ट्रायम्फ मोटरसाइकल्सको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आयोजित सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, मोटरसाइकल पारखी, सेलिब्रेटी तथा ट्रायम्फका राइडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार स्क्र्याम्बलर ४०० एक्ससी दैनिक प्रयोगसँगै एड्भेन्चर राइडिङका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ। यो मोडेल अफरोड क्षमता, मजबुत संरचना तथा प्रिमियम कारीगरीसहित तयार गरिएको छ, जसले नेपालको विविध भौगोलिक अवस्थाअनुसार शहरदेखि पहाडी क्षेत्रसम्म सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ।

नेपालमा ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससीको प्रारम्भिक मूल्य ७ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ। उक्त मोटरसाइकल देशभर रहेका ट्रायम्फका आधिकारिक डिलरमार्फत बिक्रीका लागि उपलब्ध हुने तथा प्रि–बुकिङ पनि खुला गरिएको कम्पनीले जनाएको छ।

ट्रायम्फ मोटरसाइकल्स नेपालका म्यानेजर सागर थापाले नेपालको राइडिङ समुदाय तीव्र रूपमा विस्तार भइरहेको सन्दर्भमा नयाँ मोडेल सार्वजनिक गरिएको बताए। उनले नेपालको विविध भूगोललाई ध्यानमा राखी तयार गरिएको उक्त मोटरसाइकलले अनरोड र अफरोड दुवै अवस्थामा सन्तुलित प्रदर्शन र राइडरलाई उच्च आत्मविश्वास प्रदान गर्ने विश्वास व्यक्त गरे।

प्रिमियम डिजाइन, एड्भेन्चर केन्द्रित विशेषता तथा रेट्रो शैलीको संयोजनसहित स्क्र्याम्बलर ४०० एक्ससीले नेपालमा मिड–क्यापासिटी एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा ट्रायम्फको उपस्थितिलाई थप सुदृढ बनाउने कम्पनीको अपेक्षा छ।

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा सार्वजनिक

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २०:४३

काठमाडौं । नेपालका लागि किया गाडीको एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल...

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ०९:३१

  काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...