काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित
Friday Mar 06, 2026
वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७
काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित विजयी भएका छन्। उनी यसपटक २४ हजार ५९२ मत प्राप्त गर्दै क्षेत्रबाट निर्वाचित भएका हुन्।
उनका मुख्य प्रतिस्पर्धी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे। त्यसैगरी, कांग्रेसका सपना राजभण्डारीले २ हजार ८३५, राप्रपाका नवीन शाहीले १ हजार ९०९, र एमालेका राजेश शाक्यले १ हजार ३२८ मत पाए।



























