IME Life
NIMB

राजेन्द्र बहादुर चन्द नेशनल लाइफ बीमक समितिको अध्यक्षमा सर्वसम्मत

NIMB
Himalayan Bank

 

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल अन्तर्गत नेशनल लाइफ इन्स्योरेन्स बीमक समितिको नयाँ नेतृत्व चयन गरिएको छ। राजेन्द्र बहादुर चन्द अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।

बुटवल मा शुक्रबार सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा शंकर लामिछाने चयन भएका छन् भने उपाध्यक्षहरूमा याम कुमार राई, राजेश यादव, लिला कुमारी अधिकारी, भुवानी प्रसाद अधिकारी, चुडामणी सुवेदी, पुष्पा खड्का र मञ्जु भट्ट रहेका छन्।

यसैगरी सचिवमा यतिराज अधिकारी चयन हुँदा सहसचिवहरूमा मनोज कुमार अधिकारी, राधिका कुमारी बस्नेत र निराजन राई रहेका छन्। कोषाध्यक्षको जिम्मेवारी श्याम कुमार श्रेष्ठ लाई दिइएको छ भने सहकोषाध्यक्षमा बसन्त थापा चयन भएका छन्।

नवगठित समितिमा केन्द्रीय सदस्यका रूपमा भोला शाह, नेपालमान श्रेष्ठ, चन्दा कुमारी रविदास, वविता कुमारी सिङदन, रेखा देवि ठाकुर, नागेन्द्र कुमार दास, गोपाल अधिकारी, टेकराज मगर, हिरालाल श्रेष्ठ, सन्तोष गुरुङ, प्रदिप दाहग्ले, शर्मीला अर्याल पाण्डे, नविन काफ्ले, पूर्ण बहादुर महतराज, रतन सिंह चाट, सन्तराज ठकुल्ला र भक्त बहादुर बुढा चयन भएका छन्।

अधिवेशनमा निवर्तमान अध्यक्ष गोविन्द प्रसाद अधिकारी ले सभाध्यक्षता गरेका थिए। प्रमुख अतिथिका रूपमा सुरेश प्रसाद खत्री सहभागी थिए भने केदारनाथ अधिकारी, जमुना अर्याल आचार्य, विवेक शर्मा, दिपनारायण खनाल, दिपक अर्याल र बिमल न्यौपाने लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

नयाँ नेतृत्व चयनसँगै बीमा अभिकर्ताहरूको पेशागत सुदृढीकरण, क्षमता विकास तथा बीमा सेवाको विस्तारमा थप सक्रियता आउने अपेक्षा गरिएको छ।

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...