CG Electronics
IME Life
NIMB

टोयोटा र सीएटीएलको साझेदारीमा इन्डोनेसियामा ब्याट्री उत्पादन हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । टोयोटा ले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्न चीनको प्रमुख ब्याट्री निर्माता सीएटीएल सँग साझेदारी गर्ने भएको छ। उक्त ब्याट्रीहरू टोयोटाका हाइब्रिड तथा अन्य विद्युतीय सवारीसाधनहरूमा प्रयोग गरिने जनाइएको छ।

कम्पनीका अनुसार यो परियोजनाअन्तर्गत २०२६ को दोस्रो आधादेखि पूर्ण ब्याट्री प्याक तथा आवश्यक कम्पोनेन्टहरूको निर्यात समेत सुरु गर्ने योजना छ। दुवै कम्पनीले संयुक्त रूपमा करिब ७५.८ मिलियन अमेरिकी डलर लगानी गर्ने सहमति गरेका छन्।

सीएटीएलले सन् २०२५ देखि नै इन्डोनेसियामा ब्याट्री उत्पादन परियोजना अघि बढाइसकेको छ। उक्त परियोजनाबाट वार्षिक करिब १५ गिगावाट आवर (GWh) ब्याट्री उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसले दक्षिणपूर्वी एसियामा विद्युतीय सवारी पूर्वाधार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सीएटीएल विश्वकै सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता कम्पनी हो। चाइना अटोमोटिभ ब्याट्री इनोभेसन एलायन्सको तथ्याङ्क अनुसार चीनमा सन् २०२६ को पहिलो त्रैमासिकमा यसले करिब आधा बजार हिस्सा ओगटेको बताइएको छ।

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा सार्वजनिक

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २०:४३

काठमाडौं । नेपालका लागि किया गाडीको एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल...

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ०९:३१

  काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...

सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य घट्यो, सबै भेरियन्टमा एक लाख रुपैयाँसम्म छुट

सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२१

  काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक CG Motocorp...

आईसिएयुआर भी२३ पूर्व-बजेट मूल्यमै उपलब्ध गराउने एसपीजी अटोमोबाइल्सको घोषणा

आईसिएयुआर भी२३ पूर्व-बजेट मूल्यमै उपलब्ध गराउने एसपीजी...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:०६

  नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले...