CG Electronics
IME Life
Ncell NPL

‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबारका लागि सारिएको छ । उच्च अदालत पाटनका न्यायाधीश गिता प्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको छ । मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधबारलाई छलफलमा बोलाएको छ ।
१८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको, निर्देशक यम थापाको उक्त फिल्म अदालतको आदेशपछि रोकिएको थियो । भोलि बुधबार हुने सुनुवाइमा पेश गरिने सेन्सर कपीका आधारमा फिल्मको प्रदर्शनबारे निर्णय हुनेछ । आमा र छोरीको कथामा आधारित फिल्म ‘लालीबजार’ कुनै समुदाय विशेषलाई लक्षित गर्दै भावनामा ठेस पुग्ने संवाद र दृश्य नभएको जानकारी दिँदै सार्वजनिक पत्रकार सम्मेलनमा बादी अभियन्ताले तारिफ गरेका थिए ।
निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आट्र्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरिरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ :...

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:३०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा...

सागर ढकाल दोस्रो उच्च मतसहित कार्यकारिणी समिति सदस्यमा निर्वाचित

सागर ढकाल दोस्रो उच्च मतसहित कार्यकारिणी समिति...

वि.सं.२०८३ वैशाख २३ बुधवार १३:३४

  काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को हालै...

बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८ बनाउने निर्णय

बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८...

वि.सं.२०८३ वैशाख २३ बुधवार १०:५३

  हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण...

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा सरकारको विरोध

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१५

काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...