CG Electronics
IME Life
NIMB

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस (3S) सुविधासहित सेवा उपलब्ध

NIMB
Himalayan Bank

 

काठमाडौं। यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S शोरूम ‘व्हिलिश ग्यालोर’ औपचारिक रूपमा उद्घाटन गरेको छ। यो यामाहा नेपालको १०३औँ शोरूम हो। उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापा रहनुभएको थियो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा तथा MAW Rides Pvt. Ltd. का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको भावनात्मक क्षणका रूपमा ‘व्हिलिश ग्यालोर प्रा. लि.’ का सञ्चालक भुवेश खड्का आफ्ना १०६ वर्षीय हजुरबुवासहित उपस्थित हुनुभएको थियो, जसले समारोहलाई विशेष बनाएको थियो।

नयाँ शोरूममा बिक्री (Sales), सेवा (Service) र स्पेयर पार्ट्स (Spares) सेवा एउटै छानामुनि उपलब्ध छन्। यसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सम्पूर्ण सेवा सहज रूपमा एकै स्थानबाट प्राप्त गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको व्हिलिश ग्यालोर प्रा. लि. ले ग्राहकहरूलाई भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा बोल्दै सीईओ अग्रवालले बुढानीलकण्ठमा शोरूम सञ्चालनले यामाहाको पहुँच विस्तार हुनुका साथै ग्राहकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता थप सुदृढ हुने बताउनुभयो। उहाँले प्रत्येक नयाँ आउटलेटले देशभर सशक्त र संगठित सञ्जाल निर्माणमा योगदान पुर्‍याउने पनि उल्लेख गर्नुभयो।

बुढानीलकण्ठ शोरूमले काठमाडौं उपत्यकामा यामाहा नेपालको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। यहाँबाट ग्राहकहरूले यामाहाका मोटरसाइकल तथा स्कुटरका विभिन्न मोडेल, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

MAW Rides Pvt. Ltd. अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर आफ्नो सञ्जाल विस्तार गरिरहेको जनाएको छ।

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...