CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्बशुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ भएका ग्राहकवर्गहरूलाई मध्यनजर गर्दै व्यतीत बीमालेख (Lapsed Policy) को नवीकरण गर्दा लाग्ने विलम्बशुल्क (ब्याज) मा शतप्रतिशत छुट दिने गरी विशेष ‘पुनर्जागरण अभियान’ सुरु गरेको छ। यो विशेष योजना २०८३ जेठ ११ गतेदेखि सुरु भई आगामी जेठ ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

सामान्य अवस्थामा बीमालेख व्यतीत रहँदा बीमितले कम्पनीबाट पाउने रक्षावरण (जोखिम वहन) गुमाउनुका साथै अतिरिक्त विलम्बशुल्क पनि भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था रहन्छ। ग्राहकहरूको यही समस्यालाई ध्यानमा राख्दै कम्पनीले पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एक पटकका लागि मात्र यो ब्याज छुटको ऐतिहासिक सुविधा प्रदान गरेको हो। हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक पक्ष सबल र सुदृढ गर्नका लागि जीवन बीमा अनिवार्य रहेकाले यस मौकाको फाइदा उठाई आफ्नो व्यतीत बीमालेख नवीकरण गर्न कम्पनीले सबैमा अनुरोध गरेको छ। ग्राहकहरूले कम्पनीको देशैभरि रहेका १६८ वटा शाखा कार्यालयहरूमा भौतिक रूपमा उपस्थित भई वा विभिन्न अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरेर यस योजनामा सजिलै सहभागी हुन सक्नेछन्।

डिजिटल सेवा विस्तार, सहज दाबी प्रक्रिया, सुदृढ ग्राहक सम्पर्क प्रणाली तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी र कुल लगानी २५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। हाल देशभर रहेका १६८ वटा शाखा सञ्जाल र १७,००0 भन्दा बढी आबद्ध अभिकर्ताहरूमार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई आधुनिक एवं गुणस्तरीय जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...