NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

आईसिएयुआर भी२३ पूर्व-बजेट मूल्यमै उपलब्ध गराउने एसपीजी अटोमोबाइल्सको घोषणा

NIMB
leapmotornepal (citroen)

 

नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले बजेटपछिको मूल्य वृद्धिका बावजुद ग्राहकहरूका लागि लोकप्रिय इलेक्ट्रिक एसयूभी iCAUR V23 पुरानै पूर्व-बजेट मूल्यमा उपलब्ध गराउने विशेष अफर घोषणा गरेको छ।

हालै सार्वजनिक भएको राष्ट्रिय बजेट र नयाँ वित्तीय नीतिका कारण यस गाडीको आधिकारिक बजार मूल्य परिमार्जन भई ५३ लाख ९९ हजार रुपैयाँ पुगेको भए पनि कम्पनीले ग्राहकहरूको उच्च माग र अनुरोधलाई मध्यनजर गर्दै सीमित स्टकका लागि ५० लाख ९९ हजार रुपैयाँमै बिक्री गर्ने निर्णय गरेको हो।

यस सीमित अवधिको विशेष अवसरले नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सिधै ३ लाख रुपैयाँ बराबरको ठूलो बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ। यो योजना कम्पनीसँग हाल उपलब्ध सीमित संख्याका गाडीहरूमा मात्र लागू हुने भएकाले मौज्दात समाप्त हुनासाथ नयाँ बुकिङ तथा डेलिभरीहरू स्वतः नयाँ संशोधित मूल्य ५३ लाख ९९ हजार रुपैयाँ अनुसार नै हुने कम्पनीले प्रष्ट पारेको छ।

नेपाली बजारमा आफ्नो फरक पहिचान बनाउन सफल यो लाइफस्टाइल इलेक्ट्रिक एसयूभीमा आकर्षक रेट्रो-प्रेरित डिजाइन र अत्याधुनिक मोबिलिटी प्रविधिको उत्कृष्ट सन्तुलन पाउन सकिन्छ।

विशेषगरी ५९.९३ किलोवाट आवर क्षमताको शक्तिशाली ब्याट्री प्याक, एक पटकको फुल चार्जमा ४०१ किलोमिटरसम्मको सीएलटीसी प्रमाणित ड्राइभिङ रेन्ज र नेपाली सडक सुहाउँदो २१० मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले गर्दा यो गाडी आधुनिक ईभी पारखीहरू माझ निकै रुचाइएको छ।

शारदा समूहको विरासत बोकेको एसपीजी अटोमोबाइल्स प्रालि नेपालमा ओमोडा, जेकु र आइकुर ब्राण्डका सवारीसाधनहरूको आधिकारिक बिक्रेता हो, जसले देशव्यापी रूपमा दिगो र अत्याधुनिक अटोमोबाइल समाधानहरू भित्र्याउँदै विश्वस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आइरहेको छ।

यो आकर्षक अफरको फाइदा उठाउन र आफ्नो गाडी सुरक्षित गर्न इच्छुक ग्राहकहरूले देशभर रहेका आइकुरका आधिकारिक शोरुम वा डिलरशिपहरूमा यथाशीघ्र सम्पर्क गर्न सक्नेछन्।

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...