CG Electronics
IME Life
NIMB

वर्ल्डलिङ्कका ग्राहकले सेटटप बक्सबिना नै विश्वकप फुटबल खेल हेर्न सक्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कका ग्राहकले सेटटप बक्सको प्रयोगविना नै टेलिभिजनमा विश्वकप फुटबल खेल हेर्न सक्ने भएका छन् । सेट-टप बक्स नभए तापनि स्मार्ट टेलिभिजनमा नेटटिभी एपमार्फत विश्वकपका खेल प्रत्यक्ष हेर्न मिल्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, यो सुविधा उपयोग गर्नका लागि ग्राहकसँग स्मार्ट टेलिभिजन, वर्ल्डलिङ्कको इन्टरनेट जडान र नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अनुमति प्राप्त ‘हिमालय स्पोर्ट्स’ को विश्वकप प्याकेज खरिद गरेको हुनुपर्ने छ ।

यो प्रक्रियाका लागि ग्राहकले सबैभन्दा पहिले आफ्नो स्मार्ट टेलिभिजनको ‘एप स्टोर’ वा ‘प्ले स्टोर’ मा गई नेटटिभी एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

एप डाउनलोड भइसकेपछि त्यहाँ मोबाइल नम्बर प्रविष्ट गर्ने विकल्प आउनेछ, जहाँ ग्राहकले वर्ल्डलिङ्कमा रजिस्टर गरेको आफ्नो मोबाइल नम्बर राख्नुपर्नेछ । उक्त मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड प्रविष्ट गरेपछि नेटटिभी एप सक्रिय हुनेछ ।

त्यसपश्चात्, ९९९ रुपैयाँ शुल्क पर्ने विश्वकप पास खरिद गरेपछि खेलहरू प्रत्यक्ष हेर्न सकिने वर्ल्डलिङ्कले जनाएको छ । अतिरिक्त तार र भौतिक उपकरण (सेटटप बक्स) को झन्झटविना नै सहज रूपमा विश्वकप हेर्न पाइने भएपछि ग्राहकलाई निकै सजिलो हुने कम्पनीको विश्वास छ ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...