NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ अभियान ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सेवा सञ्चालनको पाँच वर्ष पूरा गरेको अवसरमा चालक–केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता, स्वतन्त्र निर्णयको अधिकार तथा लचिलो कार्य वातावरणप्रतिको प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

कम्पनीले पाँचौँ वार्षिकोत्सवको अवसरमा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ नामक नयाँ ब्रान्ड अभियान सार्वजनिक गरेको छ। अभियानले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकहरूको वास्तविक जीवन, चुनौती, अवसर तथा स्वतन्त्रतालाई केन्द्रमा राखेको कम्पनीले जनाएको छ।

जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत चालकहरूले कहिले काम गर्ने, कुन यात्रा स्वीकार गर्ने तथा आफ्नो समय र आम्दानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरूको स्वतन्त्र निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरिनेछ।

इनड्राइभले नेपालमा सेवा सुरु गरेदेखि नै यात्रु र चालकबीच प्रत्यक्ष रूपमा भाडादर तय गर्न सकिने ‘पियर–टु–पियर’ मोडेललाई प्रवर्द्धन गर्दै आएको छ। कम्पनीका अनुसार यस प्रणालीले चालकहरूलाई यात्रा छनोट, कार्य समय निर्धारण तथा आम्दानी व्यवस्थापनमा थप नियन्त्रण र स्वायत्तता प्रदान गरेको छ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसालिस्ट सुनिता जिमी राईले चालकहरूले दीर्घकालसम्म विश्वास गर्न सक्ने पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा कम्पनीले विशेष ध्यान दिएको बताइन्।

उनले चालकहरूको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्दै व्यक्तिगत तथा व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने वातावरण निर्माण गर्न कम्पनी निरन्तर प्रयासरत रहेको उल्लेख गरिन्।

कम्पनीका अनुसार ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ अभियानले डिजिटल यातायात तथा गिग–अर्थतन्त्रमा आबद्ध श्रमिकहरूको कार्य अवस्था, आय सुरक्षा र रोजगारीका अवसरबारे भइरहेका समसामयिक बहसलाई समेत प्रतिबिम्बित गर्नेछ।

इनड्राइभले नेपाललाई दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजारका रूपमा लिँदै स्थानीय आवश्यकता र बजारको प्रकृतिअनुसार सेवा विस्तार तथा सुधार गर्दै आएको जनाएको छ। कम्पनीले दिगो विकास, आर्थिक सशक्तीकरण र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आएको पनि उल्लेख गरेको छ।

पाँचौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘होमकमिङ मिटर’ नामक विशेष अभियान पनि सुरु गर्ने घोषणा गरेको छ। उक्त अभियानअन्तर्गत वैदेशिक रोजगारीका लागि विदेश गएर पुनः स्वदेश फर्किएका र प्लेटफर्ममार्फत नेपालमै रोजगारी तथा आम्दानीको अवसर सिर्जना गरेका चालकहरूको प्रेरणादायी कथा सार्वजनिक गरिनेछ।

कम्पनीका अनुसार ‘होमकमिङ मिटर’ अभियानले श्रम आप्रवासन, आर्थिक पुनःस्थापना, उद्यमशीलता तथा स्वदेशमै आयआर्जनका सम्भावनाबारे राष्ट्रिय संवादलाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...