CG Electronics
IME Life
Ncell NPL

एमालेले आइतबारको व्यवस्थापिका संसद् बैठक पनि अवरुद्ध पार्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

२० जेठ, काठमाडौं-  एमालेले आइतबारको व्यवस्थापिका संसद् बैठक पनि अवरुद्ध पार्ने भएको छ। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको स्थायी समिति बैठकले भोली प्रधानमन्त्रीको चुनावका दिन पनि संसद् बैठक अवरुद्ध जारी राख्ने निर्णय गरेको हो।

नयाँ बानेश्वरस्थित संसद् भवनमा भावी प्रधानमन्त्री चयनका लागि उम्मेदवारी मनोनय दर्ता गर्ने समय चलिरहेका बेला सिंहदरबारमा बसेको स्थायी समिति बैठकले राष्ट्रपतिबाट बहुमतीय सरकार गठनका लागि आएको पत्रबारे अनविज्ञता जाहेर गर्दै संसद् अवरोध जारी राख्ने निर्णय गरेको हो। उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्छ भन्ने टीका टिप्पणी भइरहेको बेला एमालेले प्रधानमन्त्री चयन प्रक्रियाबारे नै अनविज्ञता जनाएको हो।

राष्ट्रपतिद्वारा सरकार गठनका लागि भएको आव्हान निजी विषय, सत्ता पक्ष वा दल विशेष र अँध्यारो कोठामा हुने गठबन्धनका लागि मात्रै नभएको निष्कर्ष निकाल्दै उसले प्रधानमन्त्री चयनको प्रक्रियाबारे नै अनविज्ञता जनाएको हो। चितवनको भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारु गर्नुपर्ने माग गर्दै नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ। बैठक अवरुद्ध भए पनि संसद सचिवालयले सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो।

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३९

  काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी...

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री पोखरेलको निर्देशन

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३५

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले...

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:२३

  रामेछाप । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा...