CG Electronics
IME Life
NIMB

बरिष्ठ पत्रकार गोपाल थपलिया गणतान्त्रिक पत्रकारिता पुरस्कारवाट पुरस्कृत

NIMB
Himalayan Bank

                   बरिष्ठ पत्रकार, गोपाल थपलिया

२१ जेठ दोलखा-  नेपाल पत्रकार महासँघ दोलखा शाखाले स्थापना गरेको गणतान्त्रिक पत्रकारिता पुरस्कारवाट छलफल साप्ताहिकका प्रधान सम्पादक,  प्रेस स्वतन्त्रताका सेनानी एबम नेपाली पत्रकारिता जगतका भिष्मपितामह बरिष्ठ पत्रकार गोपाल थपलियालाई पुरस्कृत गरेको छ ।

दोलखाको सुष्पाक्षमावतिमा जन्मिएर निरन्तर ४७ बर्ष सम्म सक्रिय पत्रकार थपलियालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि पत्रकारिताका माध्यमवाट महत्वपूर्ण योगदान पुर्याएवापत सम्मान पत्र सहित पुरस्कृत गरिएको हो ।

लामो समय देखि सक्रिय पत्रकार थपलिया राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा समेत चर्चित व्यक्तित्व हुन् ।थपलियालाई पत्रकार महासँघ दोलखा शाखाले गणतन्त्रको अवसरमा आयोजना गरेको बनभोज कार्यक्रममा पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सम्पन्न बनभोज एवँ पुरस्कार बितरण कार्यक्रममा साँसद पशुपति चौंलागाई, पूर्व महान्यायधिवक्ता मुक्ति नारायण प्रधान, भिमेस्वर नगरपालिकाका मेयर भरत केसी, सामुदायीक रेडियो प्रसारका सँघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, प्रेस युनियनका बागमति बिशेष क्षेत्रिय सँयोजक रमेश खतिवडा, जिल्ला अध्यक्ष दिपसँकर चौंलागाई, महासँघ दोलखा शाखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धर, प्रेस सेन्टर दोलखाका कार्यवाहक अध्यक्ष शिवकुमार भुजेल, महासँघ दोलखाका शाखाकी उपाध्यक्ष मन्दिरा थापा, क्रियाशिल महिला पत्रकार सञ्जाल दोलखाकी अध्यक्ष निता राउत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा बर्षको हेमकृष्ण कुमारी प्रधान प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारवाट हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जकी समाचार प्रमुख सिर्जना थापा खड्का पुरस्कृत भएकी छिन् । हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जकी समाचार प्रमुख खड्कालाई महिला सम्मान राष्ट्रिय पुरस्कार बितरण गरिएको हो ।

 

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...