उम्मेदवार छनोट गर्न नसकेपछि, कांग्रेस बैठक विना निश्कर्ष टुंगियो
Thursday Jun 08, 2017
वि.सं.२०७४ जेठ २५ बिहीवार ०८:५८

२५ जेठ, काठमाडौं– उम्मेदवार चयनमा विवाद भएका स्थानीय तहमा उम्मेदवार छनोट गर्न बसेको कांग्रेस बैठक विना निश्कर्ष सकिएको छ । त्यस्तै मन्त्रिमण्डलमा सहभागि हुने नामको टुङगो लगाउन पनि नसकेको कांग्रेस नेताहरुले बताएका छन । बैठकमा नेताहरुले उम्मेदवारमा आ– आफ्ना मान्छे हुनैपर्ने अडान राखेपछि बिहीबार बिहानको बैठक निवानिश्कर्ष सकिएको कांग्रेस नेताहरुले बताएका छन् ।
बैठकपछि नेता विमलेन्द्र निधीले कांग्रेसभित्र मन्त्री र उम्मेदवार छनोटमा कुनै विवाद नभएको प्रतिकृया दिए ।
उनले दुवै विषयमा छलफल जारी रहेको भन्दै छिटटै टुगिंने बताए । बैठक आजै बेलुका पुन बस्ने गरी सकिएको बताइएको छ ।
निर्वाचन हुन बाँकी महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवारको टुङगो लगाउन प्रधानमन्त्री तथा सभापति शेरवहादुर देउवाले बैठक बोलाएका हुन् ।






















