CG Electronics
IME Life
NIMB

प्रहरी संगठनभित्र गुटबन्दी गरेको पाइए कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

७ असार, चितवन- गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई अनुशासित र मर्यादित बनाउनु पर्ने स्पष्ट पार्दै संगठनभित्र गुट-उपगुट, राजनीतिक गन्ध, गुटबन्दी गरेको पाइए राज्यलाई स्वीकार्य नुहने र त्यस्तामा संलग्नलाई कारबाही गर्ने चेतावनी दिए ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा बुधबार प्रहरी सहायक निरीक्षकको आधारभूत तालिमको १७३औं दीक्षान्त समारोहमा बोल्दै मन्त्री शर्माले प्रहरी संगठनभित्र गुट-उपगुटसहितको राजनीति राम्रो नहुने बताए । मन्त्री शर्माले कर्तव्य पालनाका क्रममा प्रहरी महानिरीक्षक र प्रहरी जवानको उद्देश्य एउटै रहेको बताए । उनले प्रहरीका बारेमा धेरै नकारात्मक टिप्पणीहरु आउने गरेकाले अनुशासित र जनताको विश्वासिलो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

प्रहरी संगठनभित्र राजनीतिक गन्ध, गृटबन्दी र विभाजन आफूलाई कुनैपनि हालतमा सह्य नहुने भन्दै त्यस्ता कार्यमा प्रहरी संलग्न भएमा कारवाही गर्ने चेतावनी दिए । मानवअधिकारको रक्षा र निष्ठापूर्वक काम गर्न उनले दीक्षित प्रहरी सहायक अधिकृतहरुलाई निर्देशन दिए । उनले सिपाहीदेखि प्रहरी महानिरीक्षक सबै चेन अफ कमाण्डबाट प्रहरी संगठन सञ्चालन गर्नुपर्ने बताए । तालिममा सहभागी १ सय ५० जना प्रहरीले प्रहरी सहायक निरीक्षकको तालिम पूरा गरी कार्य क्षेत्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी सदैव राष्ट्र र जनताको सेवामा समर्पित रहेको बताए । दीक्षान्त समारोहपछि प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले टिकापुर घटनाका बारेमा पीडितलाई न्याय दिलाउन सरकार कटिबद्ध रहेको बताए ।

 

उक्त घटनाका योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले ठूलो रकम दिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री शर्माले घुमाउरो पाराले टिकापुर घटनामा कसैलाई अन्याय नुहने तथ्यहिन जवाफ दिए ।

खुसीको माहोल
कार्यक्रमपछि प्रहरी सहायक निरीक्षकको फुली लगाउने बेला अभिभावकहरु निकै खुसी देखिएका थिए । उनीहरु आफ्ना छोरा छोरीलाई फूलमाला अबिर र मिठाई खुवाएर स्वागत गरेका थिए । केही घण्टासम्म कार्यक्रमस्थल निकै रोमाञ्चक बनेको थियो । अभिभावक र उनीहरुबीच खुसी साटासाट गरेका थिए ।
श्रोत : कान्तिपुर दैनिक

 

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...