CG Electronics
IME Life
NIMB

नेपाल लाइफ पहिलो, युनियन लाइफको चमत्कार, प्रथम जीवन बीमा ४९.५० % ले बढ्यो

NIMB
Himalayan Bank


साउन ५, २०७६ काठमाडौं :  जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन गत आर्थिक वर्षमा ४९.५० प्रतिशतले बढेको छ ।

बीमा कम्पनीले बीमा समितिमा बुझाएको विवरण अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीले २८ अर्ब ९३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

यसमा सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानको तथ्यांक जोडिएको छैन । आर्थिक वर्ष २०७४÷७५ मा महालक्ष्मी लाइफ इन्स्योरेन्स संचालनमा आएको थिएन ।

गतवर्ष ४९ अर्ब ७९ करोड रुपैयाँको बीमा शुल्क नविकरण भएको छ । सबै जोड्दा गतवर्ष जीवन बीमा कम्पनीले ८५ अर्ब २ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन

गतवर्ष विगतमा जस्तै सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले ९ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । नेपाल लाइफको २२ अर्ब ८६ करोड रुपैयाँको बीमा शुल्क नविकरण हुदा कुल बीमा शुल्क आर्जन ३१ अर्ब ८७ करोड रुपैयाँ भएको छ ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । एलआईसीले गतवर्ष ४ अर्ब ४९ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । नविकरण भएको बीमा शुल्क ९ अर्ब १५ करोड हुँदा एलआइसीले १३ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा ठूलो धक्का पुराना कम्पनीलाई नयाँ आएको युनियन लाइफ इन्स्योरेन्सले दिएको छ । युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ । युनियन लाइफको २५ करोड २८ लाख रुपैयाँको बीमा शुल्क नविकरण भएको छ । प्रथम बीमा शुल्क आर्जनमा युनियन लाइफ चौथो स्थानमा छ ।

नेशनल लाइफ इन्स्योरेन्स प्रथम बीमा शुल्क आर्जनमा तेस्रो स्थानमा छ । नेशनल लाइफले २ अर्ब ६० करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ ।

नयाँ आएका जीवन बीमा कम्पनीमा १ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा युनियनपछि रिलायबल लाइफ इन्स्योरेन्स रहेको छ । रिलायबलले १ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ ।

पुराना कम्पनीमा १ अर्बभन्दा कमको प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

विदेशी जीवन बीमा कम्पनीको शाखाको रुपमा रहेको मेट लाइफले १ अर्ब १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ ।
गतवर्ष माघदेखि व्यवसाय सुरु गरेको सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...