CG Electronics
IME Life
NIMB

आइजीपीको प्रहरी आचरण सुधार्न ‘मार्सल टिम’

NIMB
Himalayan Bank

साउन ५, २०७६ काठमाडौं :  नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुले यदाकदा आचरण बिपरितको काम गर्ने गरेको गुनासो पश्चात आइजीपी सर्बेन्द्र खनालले विशेष टिम खडा गरेका छन्। 

गत महिना गठन भएको उक्त मार्सल टिमलाई प्रहरी कर्मचारीहरुले प्रहरी नियमावलीले निर्दिष्ट गरेको आचरण बिपरितका काम गरे नगरेको अनुगमन गर्ने र आचरण बिपरितको काम गरेको पाइएमा कारबाहीको सिफारिस गरे म्याण्डेट दिएको छ।

प्रहरी मुख्यालयका एसपीको नेतृत्वमा गठन गरिएको उक्त टिम आइजीपी खनालको प्रत्यक्ष नियन्त्रण तथा निर्देशनमा परिचालन हुने स्रोतको दावी छ। सादा पोशाकमा परिचालन हुने उक्त टिमलाई जुनसुकै समय तथा जुनसुकै प्रहरी कार्यालयमा  छिरेर आकस्मिक अनुगमन तथा चेकजाँच गर्न सक्ने अधिकार दिइएको छ।

प्रहरी जवान तथा अधिकृतहरुले गर्नसक्ने आचरण बिपरितका कार्यहरुलाई नियन्त्रण गर्न तथा गैरकानुनी कार्यमा संलग्नहरुलाई कारबाही गर्न उक्त टिम परिचालन गरिएको आइजीपी सचिवालय स्रोतले जानकारी दिएको छ। ‘विभिन्न प्रहरी युनिटहरुको आकस्मिक अनुगमनमा भेटिएका कमि कमजोरीको बिषयमा मार्सल टिमका कमाण्डरले सोझै आइजीपी सर्बेन्द्र खनाललाई लिखित प्रतिवेदन बुझाउनेछन्।’ प्रहरी मुख्यालयका एक उच्च अधिकारीले भने। ‘प्रतिवेदन प्राप्त भएपछी आइजीपी सचिवालयको प्रहरी निरिक्षालय अन्तर्गतको उजुरी छानबिन शाखाले कारबाहीको प्रक्रिया अगाडि बढाउछ।’ उनले भने।

उच्च स्रोतका अनुसार उक्त मार्सल टिमले गत साता उपत्यकाका दुई प्रहरी बृतको आकस्मिक अनुगमन गरिसकेको छ। टोलीले त्यहाँ देखिएका कमजोरीको बिषयमा आइजीपी खनाललाई रिपोर्टिङ गरिसकेको खुल्न आएको छ। ‘कोभर्ट अपरेसन’ (गोप्य अपरेसन) समेत गर्नुपर्ने हुनाले प्रहरी मुख्यालयले उक्त टिमका सदस्यको नाम गोप्य राखेको छ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...