CG Electronics
IME Life
NIMB

पत्रकारिता क्षेत्र स्वतस्फूर्त रुपमा स्वविवेकबाट चलोस : अर्थमन्त्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पत्रकारहरुलाई हस्तक्षेप गर्ने वातावरण नबनाउन चेतावनी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज नाफिजको दशौं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री खतिवडाले पत्रकारहरुलाई मिडिया हाउसको स्वार्थको चस्मा नबनेर आँखा बन्न आग्रह गर्दै पत्रकारहरुले आफ्नो विवेक र अन्तर्आआत्मा प्रयोग गरेर समाचार प्रवाह गर्नुपर्ने बताए ।

उनले देशको अर्थतन्त्त सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै नकारात्मक कुराहरु लेखेर चामललाई पीठो देखाउने काम नगर्न समेत सचेत गराए । ‘चामललाई चामल भन्न सक्नुपर्छ, तर कनिका भन्ने र हुँदाहुँदै पीठो भन्ने प्रवृत्ति बढेको समेत दाबी गरे ।’

उनले देशको उत्पादन क्षमता वृद्धि भएको र त्यस्तो वृद्धि क्षेत्रीय रुपमा सन्तुलित रहेको बताए । के अहिलेको ७ प्रतिशतको आर्थिक वृद्धि कुनै खास व्यवसाय वृद्धि भएर नभई अर्थतन्त्रका सम्पूर्ण क्षेत्रहरुको समान वृद्धि भएर भएको उनको दाबी थियो ।

‘तपाईँले हेर्नुभयो भने सबै प्रदेशरुहरुको आर्थिक वृद्धि अघिल्लो वर्ष ६ प्रतिशतदेखि ८ प्रतिशत छ । कृषि, उद्योग, पर्यटन, सेवाक्षेत्रल लगायतमा पनि सन्तुलित विकास भएको छ, तर यहाँ वैदेशिक लगानी आएर, व्यापारघाटा बढ्यो भन्ने जस्ता नकारात्मक विषयहरुमा मात्र चर्चा हुन्छ, त्यसैलाई मैले चामललाई पीठो भन्ने गरेको भनेको हुँ’ खतिवडाले भने । अबका दिनहरुमा देशको आर्थिक वृद्धिले रोजगारीमा कति प्रभाव पार्यो, सामाजिक न्याय स्थापना गर्न सफल भयो वा भएन भन्ने दिशामा पत्रकारहरुको खोजी पत्रकारिता अघि बढाउन समेत उनले सुझाव दिए ।

उनले वित्तीय क्षेत्रको दायरा पनि सन्तोषजनक रुपमा अघि बढेको दाबी गरे । २ वर्षको बीचमा बैंकहरुको व्यवसाय ५० प्रतिशतले बढेको छ, ३ ४ वर्षको तुलनामा त यो दोब्बर नै भइसक्यो, बीमा क्षेत्र म राष्ट्रिय योजना आयोगमा हुँदा ५ प्रतिशत थियो, यो गत आर्थिक वर्ष सकिँदा १९ प्रतिशतले बढेको रिपोर्ट आयो, अहिले २५ पुग्न लाग्यो भनिन्छ, पुँजी बजारपनि सोहीअनुसार विकसित हुँदै गएको छ ।’

उनले भने । खतिवडाले अर्थतन्त्रका सकारात्मक विषयहरुका कलम चलाएर अर्थतन्त्रप्रतिको विश्वास कायम गर्न आग्रह गर्दै पत्रकारिता क्षेत्र स्वतस्फूर्त रुपमा स्वविवेकबाट चलोस् भन्ने आफूहरुको इच्छा भएको समेत बताए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...