CG Electronics
IME Life
NIMB

श्रावण एक गतेदेखि आस्वा अनिवार्य रुपमा लागु हुदै

NIMB
Himalayan Bank

 

३० बैशाख, काठमाडौँ –


साधारण सेयर निष्कासन भएको २० दिनमै बाँडफाँड सक्नुपर्ने कार्यविधि अब चाँडै लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आगामी साउन एक गतेदेखि धितोपत्रको सार्वजनिक निष्काशन तथा वाँडफाँड २० दिन भित्रै हुने बताएको छ ।  नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षदेखि आस्वा प्रणाली अनिवार्य लागू गर्ने भएपछि धितोपत्रको सार्वजनिक निष्काशन तथा वाँडफाँडको समयअवधि घट्ने भएको हो । अहिलेको प्रणाली अनुसार धितोपत्रको सार्वजनिक निष्काशन तथा वाँडफाँड बढीमा ७० दिनसम्म लाग्ने गरेको छ ।

गत माघ देखि ऐच्छिक रुपमा आस्वा प्रणाली लागू गरेको बोर्डले आगामी श्रावण एक गतेदेखि आस्वा अनिवार्य गर्न लागेको हो । यसले धितोपत्र निष्काशन तथा बाँडफाँड प्रक्रिया सरल, व्यवस्थित र पारदर्शी हुने वोर्डको विश्वास छ ।

प्राथमिक बजारमा धितोपत्र खरीद गर्न चाहने लगानीकर्ताको बैंक खातामा रकम रोक्का गर्ने प्रणाली नै आस्वा प्रणाली हो । यो प्रणालीमा हालसम्म सम्पूर्ण वाणिज्य वैंकहरु सहित ५२ बैंक तथा वित्तीय संस्थाहरु सहभागी भई ७५ जिल्लाबाटै सेवा प्रदान गर्न थालेको बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले हालसम्म ७ वटा संगठित संस्थाहरुको सार्वजनिक निष्काशन गरिसकेको छ । बोर्डका प्रवक्ता निरज गिरीले पछिल्लो सार्वजनिक निष्काशनमा करीब ६४ प्रतिशतभन्दा बढी दरखास्त रकम आस्वा प्रणालीमार्फत प्राप्त भएकोले पनि यो प्रणालीको कार्यान्वयनमा गतिशीलता आएको बताए ।

आस्वा प्रणालीमा सहभागी केही वैंक तथा वित्तीय संस्थाहरुले अनलाइन मार्फत समेत दरखास्त लिने व्यवस्था गर्न शुरु गरिसकेका छन भने सेवा शुल्क समेत घटाइरहेका छन ।

प्रारम्भिक अवस्थामा आस्वा प्रणालीमा प्रति दरखास्त भर्न २५० रुपैयाँ सम्म सेवा शुल्क लिन सक्ने व्यवस्था रहेकोमा आस्वा सम्वन्धी निर्देशिकामा संशोधन गरी वोर्डले वढीमा एकसय रुपैयाँ सम्म मात्र शुल्क लिन सक्ने व्यवस्था गरेको थियो ।

अहिले केही बैंक तथा वित्तीय संस्थाहरुले यो सेवा निशुल्क रुपमा दिइरहेका छन भने अधिकांश संस्थाहरुले सेवा शूल्क १० देखि २५ रुपैयाँ कायम गरेका छन ।

हाल आस्वा प्रणालीको कार्यान्वयन स्थिती सुदृढ हुंदै गएको, पचहत्तरै जिल्लाबाट यो सेवा प्रदान भइरहेको र यस प्रणालीलाई अनिवार्य गर्न लगानीकर्ता, मर्चेन्ट वैंकर, बैंक तथा वित्तीय संस्थाहरुसहित सरोकारवाला पक्षहरुबाट समेत माग भएको परिप्रेक्ष्यमा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली अनिवार्य गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।

साथै बोर्डले वोर्डवाट आस्वा अनुमति प्राप्त सदस्यहरुलाई सहज, प्रभावकारी एवं सरल ढंगले सेवा प्रदान गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन समेत दिएको छ । साथै आस्वा सेवा प्रदान सम्वन्धमा वोर्डवाट स्थलगत निरीक्षण भैरहेको र सो क्रममा कुनै त्रुटी भेटिएमा त्यस्ता आस्वा सदस्यहरुको अनुमति खारेज गरिने वा सो सेवा प्रदान गर्न रोेक लगाइने चेतावनि समेत बोर्डले दिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...