CG Electronics
IME Life
Ncell NPL

यी तीन बैंकले कमाए दुई अर्ब बढी नाफा,अरु बैंकको अबस्था कस्तो ?

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं,२फाल्गुण:सञ्चालनमा रहेका २७ बाणिज्य बैंक मध्ये तीन वटा बैंकको नाफा दुई अर्व नाघेको छ । चालु आर्थिक बर्षको दोश्रो त्रैमाससम्मको बीत्तिय विवरण अनुसार ३ वटा बैङ्ककको नाफा २ अर्ब भन्दा माथि छ । यसरी यो अवधिमै दुई अर्व नाफा कमाउने बैंकहरुमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क र एनआइसी एशिया रहेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमासमा २ अर्ब २० करोड ९४ लाख रुपैँया बराबरको खुद नाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा २० करोड रुपैयाँले धेरै हो । गत आवको यसै अवधिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ भने समीक्षा अवधीमा बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।


यस्तै नबिल बैंकको नाफा समीक्षा अवधिको यही समयको तुलनामा घटेको छ । यद्यपि उस्को नाफा २ अर्ब भन्दा बढी अर्जान गर्न सफल भएको छ । नबिल बैंक
बैंकको गत आवको यसै अवधीको तुलानामा १३ करोड ५० रुपैयाँले खुद नाफा घटे्को हो । समक्षिा अवधीमा २ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको बैंकले अघिल्लो वर्षको यसै अवधीमा २ अर्ब १७ करोड बराबरको नाफा आर्जन गरेको थियो ।
यस्तै अहिले आक्रामक रुपमा बजारमा देखिएको एनआइसी एसिया बैंकको नाफामा अघिल्लो बर्षको यही अवधिको तुलनामा ३३ प्रतिशतले बढेर दुई अर्ब एक करोड पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने एक अर्ब सात करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकले तीन अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने संचालन मुनाफा दुई अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ ।


त्यस्तै, ६ ओटा बैङ्कको नाफा डेढ अर्बदेखि २ अर्बको बीचमा छ । ती बैङ्कहरुमा नेपाल हिमालयन बैङ्क, ग्लोबल आईएमई बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, एनएमबि बैङ्क, कृषि विकास बैङ्क, र एभरेष्ट बैङ्क छन् । नेपाल बैङ्क, प्राइम कमर्सियल बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, सानिमा बैङ्क, प्रभु बैङ्क, सिद्धार्थ बैङ्क र नेपाल एसबीआई बैङ्कको नाफा भने १ अर्बभन्दा माथि र डेढ अर्बभन्दा कम छ ।

बाँकी ११ बैङ्कको नाफा १ अर्बभन्दा पनि कम छ । ती बैङ्कहरुमा मेगा बैङ्क, सनराइज बैङ्क, लक्ष्मी बैङ्क, बैङ्क आफ काठमाण्डू, माछापुच्छ्रे बैङ्क, नेपाल बंगलादेश बैङ्क, कुमारी बैङ्क, एनसीसी बैङ्क, सिटिजन्स बैङ्क, सञ्चुरी बैङ्क र सिभिल बैङ्क छन् ।

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०७

सुर्खेत । सुर्खेतमा आयोजित बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले बहुविषयगत सहकार्य,...