CG Electronics
IME Life
Ncell NPL

प्रियंकाको निर्माणाधिन फिल्म ‘काशी अमरनाथ’मा नेपाली अभिनेत्री जेनिशा केसी पनि देखिने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited
बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माणमा बनिरहेको भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा नेपाली अभिनेत्री जेनिशा केसी पनि देखिने भएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार झारखण्डको राँचीमा मे १ देखि फिल्मको सुटिङ सुरु भएको छ।
दोस्रो दिनमा फिल्मको गीतको छायांकन गरिएको थियो। राँचीको एक बारमा सुटिङ गरिएको गीतमा जेनिशाले रवि किशनसँग नृत्य गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रवि किशन भोजपुरी फिल्मका सुपरस्टार हुन्।
प्रियंकाकी आमा मधु चोपडाको स्वामित्वमा रहेको फिल्म कम्पनी ‘पर्पल पेबल’ बाट बनिरहेको फिल्मलाई सन्तोष मिश्राले निर्देशन गरिरहेका छन्। प्रियंका हाल भारतका प्रान्तीय भाषाका फिल्म निर्माणमा जोड दिइरहेकी छन्। उनले भारतको नेपालीभाषी बहुल क्षेत्र सिक्किमका कलाकारलाई लिएर नेपाली भाषाको फिल्म ‘पाहुना’ निर्माणको घोषणा गरिसकेकी छन्।
बताइएअनुसार बाँकी दृश्यका लागि गोवा जाने तयारी गरिरहेकी जेनिशा हाल मुम्बईमा बस्छिन्। एक अन्तरवार्तामा उनले प्रियंका र उनकी आमालाई भेटेको र आफू अडिसनबाट छानिएको बताएकी छन्।
‘गिरफ्तार’ फिल्मबाट फिल्म अभिनयमा लागेकी जेनिशाले करिब डेढ दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छन्। ‘आधी बाटो’ उनको अहिलेसम्मको अन्तिम फिल्म हो। डेढ दर्जन फिल्म खेल्दा पनि अभिनयका कारणले उति चर्चामा नरहेकी जेनिशा कुनै समय अभिनेता विराज भट्टसँग नाम जोडिएर चर्चामा थिइन्।
माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...