CG Electronics
IME Life
NIMB

अनुष्का शर्मा भन्छिन, शाहरुखले मलाई यसकारण रुवाएका थिए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

मुम्बई / एजेन्सी– शाहरुख खान अभिनित चलचित्र ‘रब ने बना दी जोडी’बाट करिअर सुरु गरेकी अभिनेत्री अनुष्का शर्मा बलिउडमा प्रभावशाली नायिकाको सूचीमा दरिन खानकै साथ जरुरी नभएको बताउँछिन् ।

आलिया भट्टको उदाहरण दिँदै उनले भनिन्, ‘आलिया खानको फिल्मबाट आएकी होइनन् । उनले अहिले निकै राम्रो गरेकी छन् । खानकै फिल्मबाट डेब्यु गरेका तर अभिनयमा टिक्न नसकेकाहरूको पनि उदाहरण दिइन् उनले । यति हुँदाहुँदै पनि शाहरुखबाट निकै प्रभावित छिन् अनुष्का । उनको भनाइअनुसार शाहरुखसँग कुनै स्वार्थ छैन । पछिल्लो समय धेरै कलाकार आफ्नो चरित्रमा केन्द्रित भएको पाएकी अनुष्कालाई लाग्छ । साहरूख यस मामिलामा उदार छन् । उनी भन्छिन्, ‘सह-कलाकारको भूमिका कस्तो छ शाहरुख चासो दिनुको साथै राम्रो बनाउनलाई सुझाव पनि दिन्छन् ।

 

 

‘रब ने बना दी जोडी’को घटना सम्झँदै अनुष्का भन्छिन्, ‘एउटा दृश्यमा म रुनुपर्ने थियो तर मलाई आँसु आइरहेको थिएन । जब शाहरुखले मेरो आँखामा गिल्सिरिन हाल्दिए, मैले रोएर अभिनय गरें ।’ अनुष्काको भनाइमा कतिपय सहकलाकार सहयोगी हुँदैनन् तर शाहरुख अरूभन्दा फरक छन् ।

 

 

चलचित्र ‘जब वी मेट’ हेरेपछि अभिनेत्री बन्ने इच्छा जागेको धारणा राख्ने अनुष्का सोही फिल्मबाट इम्तियाज अलीको क्षमताबाट प्रभावित भएकी थिइन् । इम्तियाज अलीकै नयाँ फिल्म ‘जब हेरी मेट सेजल’मा अनुष्का शर्माले शाहरुख खानसँग रोमान्स गरेकी छन् । उक्त फिल्म ४ अगस्टमा रिलिज हुने भएको छ ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...