CG Electronics
IME Life
NIMB

परीक्षणबिनै झुलाघाट नाकाबाट भित्रिए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

परीक्षणबिनै झुलाघाट नाकाबाट भित्रिए एक हजार

 बैतडी – नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । यस्तै तीन भारतीय पनि भारत गएका उनले बताए ।

यसअघि शुक्रबार २८३ मजदुरलाई स्वदेश भित्र्याइएको थियो भने नौ भारतीय नागरिकलाई भारत पठाइएको थियो । बिहीबार पनि उक्त नाकाबाट ५७६ मजदुरलाई स्वदेश भित्र्याइएको थियो । स्वदेश भित्र्याइएका नागरिकहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका छन् । स्वदेश फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।

उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन् । झुलाघाट नाकाबाट स्वदेश भित्र्याउँदा सामान्य ज्वरो जाँच मात्रै गरी भित्र्याइएको छ । भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै भित्र्याउँदा सङ्क्रमणको जोखिम बढेको छ ।

कीट अभाव : कोरोना परीक्षण हुन सकेन

बैतडीमा भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि आरडीटी कीट अभाव भएको छ । क्वारेन्टाइनमा चार हजार ६०० भन्दा बढी नागरिक बसे पनि जिल्लामा ८०० मात्रै आरडीटी कीट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । सबै पालिकामा पठाएको समेत गनेर अहिले ८०० कीट मात्रै मौज्दात रहेको उनले बताए ।

क्वारेन्टाइनमा अहिले बसिरहेका नागरिक भारतका बढी कोरोना प्रभावित क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण नहुँदा जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी मात्रै नभएर पीसीआर परीक्षण गर्नु उपयुक्त हुने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताउँछन् । जिल्लामा भारतबाट फर्कने नागरिकको सङ्ख्या बढ्दै गएपछि कोरोना परीक्षणका लागि आरडीटी कीट अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुुख योगेशप्रसाद भट्टले बताए । जिल्लामा आरडीटी कीट अभाव भएपछि प्रदेश सरकारसँग कीट उपलब्ध गराउन माग गरेको उनले बताए ।

भीटीएम पनि अभाव

भीटीएम अभावमा जिल्ला प्रहरी कार्यालयका प्रहरीको कोरोना परीक्षण हुनसकेको छैन । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि सबै प्रहरीको पीसीआर परीक्षण गर्ने भनिएको थियो तर स्वाब सङ्कलन गर्नका लागि भीटीएम अभाव हुँदा सबै प्रहरीको पीसीआर परीक्षण हुन नसकेको हो ।

कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि सङ्क्रमितको सम्पर्कमा रहेका ४८ प्रहरीको पीसीआर परीक्षण गरिएको भए पनि थप अरुको हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा कार्यरत अन्य २८ जनाको अहिलेसम्म पनि पीसीआर परीक्षण हुन नसकेको उनले बताए । स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको भए पनि भीटीएम अभाव रहेको बताएको उनको भनाई छ ।

यसका साथै सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत प्रहरीको पनि कोरोना परीक्षण हुनसकेको छैन । उक्त नाकाबाट उद्धारकार्य जारी रहेका बेला उनीहरुको पनि कोरोना परीक्षण गर्न अनिवार्य रहेको पाण्डेयको भनाई छ । यसअघि परीक्षण गरिएका ४८ प्रहरीसहित ९९ जनाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...