उपाध्यक्ष तिम्सिनालाई पत्र बुझाइयो
Friday Jun 05, 2020
वि.सं.२०७७ जेठ २३ शुक्रवार २१:३६


काठमाडौं-अखिल नेपाल फुटबल संघ ९एन्फा० अध्यक्ष कर्मा छिरिङ शेर्पाका विषयमा केन्द्रित रहेर चार जिल्ला फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई शुक्रबार पत्र बुझाएका छन् ।
काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाद्वारा हस्ताक्षरित ‘आवश्यक कारवाही गरी पाउँ भनि विनम्र अनुरोध छ’ भन्ने विषयको पत्र उपाध्यक्ष तिम्सिनालाई बुझाइएको हो ।
पत्र हस्तान्तरणका बेला भुक्तपुरका अध्यक्ष सुजखु भने उपस्थित थिएनन् ।
त्रिपुरेश्वरको राखेपस्थित आफ्नै कार्यकक्षमा पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने बताउदै एकिकृत ढंगले एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरे ।























