CG Electronics
IME Life
NIMB

मालपोत कार्यालयका लेखापालको बैंक खातामा भेटियो  तीन करोड

NIMB
Himalayan Bank

काठमाडौं –मालपोत कार्यालय बारामा कार्यरत एक लेखपालको बैँक खातामा करिब ३ करोड रुपियाँ मौजाद रहेकाे पाइएपछि अख्तियारको फन्दामा परेका छन् । गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज सोमबार मद्दा दायर गर्ने क्रममा उनको नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरा शाखाको खातामा २ करोड ७६ लाख ४४ हजार रुपियाँ मौज्दात रहेको तथ्य सार्वजनिक भएको हो ।

त्यसबाहेक उनकाे नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ११ लाख ३९ हजार पन्ध् रूपियाँ माैजाद रहेकाे पाइएकाे छ । यसअघि लकडाउन सुरू भएकाे दिनमा उनको घरकोठाबाट २४ लाख ९२ हजार रूपियाँ नगद बरामद गरिएकाे थियाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गरेका ठाकुर सहलेखापाल पदमा नियुक्ति भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म ३ करोड ४ लाख ९४ हजार ३ सय आठ रुपियाँ बराबरको सम्पत्ति गैरकानूनीरुपमा आर्जन गरेको पाइएको हाे ।

ठाकुरले सार्वजनिक सेवाको पदमा रहँदा ३ करोड १५ लाख ७५ हजार १६ रुपियाँ बराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ । स्रोत खुल्न नआएको ३ करोड ४ लाख ९४ हजार ३ सय आठ रुपियाँ बराबरको सम्पत्ति अवैध रहेको आयोगले ठहर गरेको छ ।

यस्तै आयोगले ठाकुरका नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा रहेको मौज्दात २ करोड ७६ लाख ४४ हजार रुपियाँसमेत जफत गर्न माग गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।(nepalsamaj.com)

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...