CG Electronics
IME Life
NIMB

अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आइपीओ निष्काशन गर्ने

NIMB
Himalayan Bank

काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि प्राथमिक शेयर ९आइपीओ० निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता जारी हुने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सको आईपिओमा असार २५ गतेदेखि छिटोमा २९ गतेसम्म र ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन पाइने जनाइएको छ। जसमा न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ताको लागि आवेदन दिन सकिन्छ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

उक्त आइपीओलाई केयर नेपाल लिमिटेडले ग्रेड ४ रेटिङ दिएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष ७६र७७ को तेश्रो त्रैमाससम्म ३ करोड ५१ लाख खुद नाफा गर्न सफल भएको छ। आर्थिक वर्ष ७५र७६ को तेश्रो त्रैमास सम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ छ भने बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ छ।

तेश्रो त्रैमाससम्म अजोड इन्स्योरेन्सले १८ करोड ४९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २९ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो। यसरी खुद बीमा शुल्क आर्जन करिव दोब्बरले वृद्धि हुन सफल भएको छ।

नयाँ कम्पनी मध्ये अजोड इन्स्योरेन्स आइपीओ निस्काशन गर्ने पहिलो कम्पनी भएको छ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण र बीमा क्षेत्रबीच छलफल

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५७

  काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्ड

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट...

वि.सं.२०८३ असार १७ बुधवार ११:३८

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...