CG Electronics
Ncell NPL
NIMB

भोक्राहा नरसिंह र कोशीको बजेट सार्वजनिक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

इनरुवा –सुन ीको भोक्राहा नरसिंह गाउँपालिकाले रु ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले सार्वजनिक गरेका हुन् । दोस्रो गाउँसभामा विभिन्न शीर्षकमा बजेट, योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी रु ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले जानकारी दिए ।
गाउँपालिकाले करबाट रु ४० लाख, सेवाशुल्कबाट रु ३२ लाख ३० हजार, दस्तुरबाट रु सात लाख १० हजार, दण्ड जरिवानाबाट रु एक लाख १० हजार, अन्य आयबाट रु २० हजारसहित आन्तरिकतर्फ रु ८० लाख ७० हजार, सञ्चित कोषतर्फ रु एक करोड २० लाख, वित्तीय सामाजिकरणतर्फ रु १२ करोड १५ लाख, राजश्व बाँडफाँडतर्फ रु सात करोड ८२ लाख ७३ हजार र शसर्त अनुदान रु नौ करोड १२ लाख गरी रु ३१ करोड १० लाख ४३ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
गाउँपालिकाले रु १५ लाख माथिका सातवटा गौरवशाली योजना समावेश गरेको छ । गाउँपालिकाको गाउँस्तरीय योजनामा वडा नम्बर १ र २ को सिमानामा अर्जुन मेहताको घरदेखि पशुपति प्रावि हँुदै अकाहा बजार जोडने बाटो कालोपत्रे गर्ने गरी रु ६५ लाख, ४ र ५ वडाको लोकमार्गदेखि उत्तर अकाहा बजार जोड्ने कालोपत्रेमा रु दुई करोड १० लाख, फूलचोकदेखि बराहक्षेत्र नगरपालिकाको सीमा जोड्ने कालोपत्रे बाटोमा रु दुई करोड, भोक्राहा नरसिहंको हनुमान चोकसम्मको कालोपत्रेका लागि रु एक करोड, जनता मावि भवन निर्माणका लागि रु १५ लाख, यादव टोल जाने बाटो कालोपत्रेका लागि रु ५५ लाख र ५ नम्बर वडाको सुनसरी नदी पुलदेखि पश्चिम यादव टोलसम्मको बाटोका लागि रु ३५ लाख विनियोजन गरेको छ ।
त्यसैगरी, सुनसरीको कोशी गाउँपालिकाले समेत आव ०७५÷०७६ का लागि रु ३९ करोड ५४ लाख ५७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाबाट संघीय सरकारको अनुदान रु १३ करोड ४७ लाख, आन्तरिक स्रोतबाट रु एक करोड, सशर्त अनुदान रु नौ करोड ८७ लाख र राजस्व बाँडफाडबाट रु आठ करोड ४१ लाख गरी कूल रु ३९ करोड ५४ लाख ५७ हजार बराबरको आयव्यय बजेट सार्वजनिक गरिएको अध्यक्ष ऐयुव अंसारीले जानकारी दिए ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...