CG Electronics
IME Life
Ncell NPL

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले तिहारलगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो । तिहार सकिए पनि लाइसेन्सको लिखित तथा ट्रायलको परीक्षा कहिले लिने भन्ने निश्चित नभएको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन् । लाइसेन्सको लिखित तथा ट्रायल सम्बन्धि सम्पूर्ण निर्णय प्रदेश सरकारले गर्ने भएकाले आधिकारिक रुपमा सञ्चालनमा ल्याउने कुनै छलफल नभएको उनले जानकारी दिए ।

भुसालका अनुसार लामो समयसम्म सेवाग्राहीले सेवा नपाएकाले मापदण्ड अपनाएर पनि सञ्चालनमा ल्याउनुपर्ने बताए । हाल देशभर २४ वटा यातायात कार्यलय छन् । सबै काम यी २४ वटा कार्यालयबाटै हुने भएकाले प्रदेश सरकारले निर्णय गर्नुपर्छ ।‘विभागसँग स्मार्ट कार्डको छपाइमात्रै गर्ने भएकाले देशभरका यातायात कार्यालयले लिखित तथा ट्रायलको परिक्षा खुल्ने वित्तिकै हामी सिस्टम खोल्दिन्छौं,’ प्रवक्ता भुसालले भने । त्यस्तै काठमाडौंलगायतका अन्य स्थानमा कोरोना महामारीको जोखिम तीव्ररुपमा बढेपछि लाइसेन्सको परीक्षा अनिश्चित भएको बाग्मति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तिहारलगत्तै लाइसेन्सको लागि लिखित र ट्रायलको परीक्षामा सरकारले तोकेको मापदण्ड अपनाएर २/३ वटा कार्यालय सञ्चालनमा ल्याउने छलफल भएता पनि हालसम्म कुनै ठोस निर्णय हुन नसकेको बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रवक्ता नविनकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार जिल्ला प्रशासन कार्यालयबाट कोरोनाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रवाह नगर्ने भएकाले हालसम्म पनि बन्द अवस्थामा रहेको बताए ।

‘लामो समयको बन्दाबन्दीले धेरै सेवाग्राहीले सेवा लिन पाएका छैनन्,’ उनले भने, ‘अवस्था सामान्य भएपछि अत्यावश्यक कार्यालयबाहेक अन्य कार्यालयको शुरुवात गर्ने वित्तिकै हामी सेवा प्रवाह सञ्चालनमा ल्याउँछौं ।’ त्यसैगरी कोरोनापछि गठन भएको सीसीएमसीको नै आधिकारिक निर्णय भएका कारण प्रदेश सरकारले कसरी सञ्चानलमा ल्याउन सकिन्छ भन्नेबारे योजना बनाइरहेको उनले जानकारी दिए ।

कोरोना महामारीका कारण हालसम्म पनि विद्यालय, सिनेमा हल, बार, क्लबलगायतका कैयन क्षेत्र खुल्न सकेका छैनन् । यातायातको लिखित तथा ट्रायलमा पनि मानिसको भीड निकै हुने भएकाले बढी जोखिम हुन सक्ने भन्दै हालसम्म उक्त परीक्षाको निर्णय नभएको उनको भनाइ छ । उनका अनुसार सर्वप्रथम पहिले नै दरखास्त दिइसकेको सेवाग्राहीलाई सेवा दिने भनिएको थियो । तर हालसम्म आधिकारिक भने हुन नसकेको बताए ।

मन्त्रालयले भरतपुर, हेटौंडा र काठमाडौंबाट परीक्षा सञ्चालनमा ल्याउने छलफल पनि भएको थियो । यसमा ट्रायल दिनको कतिलाई दिने र कसरी सुरक्षित रुपमा सेवा दिन सकिन्छ त्यही अनुसार सेवा दिने तयारी गर्ने भनिएता पनि कुनै निश्चित नभएको उनको भनाइ छ ।कोरोना महामारीका कारण लाइसेन्सको परीक्षा रोकिए पनि यसबीचमा विभागले स्मार्ट लाइसेन्सको छपाइ कार्य भने बढाएको थियो । विभागका अनुसार हालसम्म छपाइ हुन बाँकी रहेका अधिकांश स्मार्ट लाइसेन्सको छपाइ पूरा भइसकेको छ ।

यसअघि कोरोना महामारीबीच लुम्बिनी प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय बुटवलले ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि ट्रायल खुलाएको थियो ।कार्यालयलले कार्तिक १९ गतेदेखि २३ गतेसम्म यसअघि लिखित परिक्षा पास गरिसकेकाहरूको प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल खुलाएको थियो ।

गाउँपालिकामा ‘निमित्त अन्त्य’ अभियान: ७८ स्थानमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

गाउँपालिकामा ‘निमित्त अन्त्य’ अभियान: ७८ स्थानमा स्थायी...

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:०५

  काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस आजको राशिफल

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०७

काठमाडौं। आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं...