कामना सेवा विकास बैंकलाई मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित
Tuesday Nov 24, 2020
वि.सं.२०७७ मंसिर ९ मंगलवार १९:५०

काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६र२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो ।
बैंकले आर्थिक वर्ष २०७४र०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सो सम्मान प्राप्त गरिसकेको छ । आन्तरिक राजस्व विभागद्वारा हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।
























