CG Electronics
Ncell NPL
NIMB

कृषि उत्पादनबाट जीविकोपार्जन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

रसुवा, ४ असोज । उत्तरी रसुवाको गतलाङ क्षेत्रका बासिन्दालाई स्थानीयस्तरको आयले जीविकोपार्जनमा सहजता पुगेको छ ।

स्थानीयवासी गोम्बो छिरिङ तामाङकाअनुसार भेडाबाख्रापालन र चौरीपालनका भरमा गाउँका ५५० परिवारले जीविकोपार्जन गर्दै आएका छन् ।

यहाँ आलु र सिमी पनि पर्याप्त मात्रामा फल्छ । आलु यहाँको प्रमुख वाली हो । तामाङ समुदायको बसोबास रहेको गतलाङमा आलु बिक्री गरी चामल, नुन, तेल र मसला खरीद गरी जिविकोपार्जन गर्दै आएका छन् ।

गतलाङमा यस वर्ष रु पाँच करोडभन्दा बढीको आलु उत्पादन भएको स्थानीयवासी मिङ्मा लामाले बताउनुभयो । आलुको मूल्य प्रतिकिलो रु २४ निर्धारण गरिएको छ । स्थानीयवासीले व्यापारीक केन्द्रमा आलु बिक्री गर्ने गरेका छन् । धुञ्चेबाट ३० किलोमिटर उत्तरमा रहेको गतलाङमा रु एक करोड ५० लाखभन्दा बढीको चौँरीगाईको दूध, रु दुई करोड बराबरको सिमी तथा रु १० करोडको कृषि उपज बिक्री गर्ने गरेको स्थानीयवासी गोम्बो छिरिङ तामाङले बताउनुभयो ।

पार्वतीकुण्ड नजिक दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र रहेको छ । केन्द्रले प्रतिलिटर रु ७० देखि रु ८० सम्ममा चौँरीगाईको दूध खरिद गर्ने गरेको छ । आमाछोदिङमो गाउँपालिकाको गतलाङ क्षेत्रमा होमस्टेसमेत सञ्चालन गरिएको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...