CG Electronics
IME Life
NIMB

नयाँ वर्षमा कता जाला सेयर कारोबार, यस्तो छ रेकर्ड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं। नयाँ वर्षमा कता जाला सेयर बजार कारोबार, यस्तो छ रेकर्ड २०७७ सालको अन्तिम दिन सेयर बजार कारोबार अहिलेसम्मकै उच्च विन्दुमा २७००को रेकर्ड बनाउँदै बन्द भएको छ। २३ अंकले बढेको बजार २७१४ अंकको ऐतिहासिक उच्च विन्दुमा रहेको हो।

विकास बैंक र वाणिज्य बैंक समूहको सूचकमा उच्च अंकको सुधार आएसँगै बजारले नयाँ रेकर्ड बनाएको छ । यसअघि नेप्सेले सबै रेकर्ड ब्रेक गरिसक्दासम्म पनि बैंकिङ समूहको सूचकमा उल्लेख्य वृद्धि हुन सकेको थिएन।

आगामी दिनमा पनि बैंकिङ समूह बढेको खण्डमा बजार थप बढ्न सक्ने सेयर बजारका विश्लेषक विष्णुप्रसाद बस्यालको भनाइ छ। बैंकिङ समूह नचलेमा भने बजार पुनः २६०० कै लाइनमा आउन सक्ने पनि उनको विश्लेषण छ।

आगामी असारसम्म ब्याजदर बढ्ने सम्भावना नरहेको र कोरोनाको दोस्रो लहर देखिएकाले तत्काल बजारबाट लगानीकर्ता बाहिरिने सम्भावना पनि नभएको इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। यो पृष्ठभूमिमा सेयर बजारले थप उचाई लिने उनको विश्लेषण छ।

वर्षको अन्तिम दिन अधिकांस उपसमूह रातो भएपनि मर्जरपछि कारोबारमा आएको एनआइसी एसिया लघुवित्त, भर्खरै मात्र दोस्रो बजारमा कारोबारमा आएका महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य सुरुमै ९ देखि १० प्रतिशतले बढेपछि बजारलाई हरियो बनाइराख्न टेवा पुगेको थियो।

यसका अलावा सिन्धु विकास बैंक, छ्याङ्दी र माउन्टेन इनर्जी हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत हाराहारी बढेपछि बजारले गति लिएको थियो।

साढे १२ बजेसम्म बजार ४ अंकले ओरालो लागेकोमा त्यसपछि भने विस्तारै बढ्न सुरु भइ २७१५ अंक सम्मको उचाई छोएको थियो। बजार बन्द हुँदा भने समग्रमा करिब २४ अंकको वृद्धिसहित २७१४ विन्दुमा पुगेको हो ।

आज विकास बैंकको सूचक ९५ अंकले बढ्दा वाणिज्य बैंक समूहको सूचक ४२ अंकले बढेको छ। व्यापार समूहको सूचक ६९ अंक र जलविद्युत समूहको सूचक ३१ अंकले बढ्नु बाहेक अधिकांस उपसमूहको सूचक भने रातो भएको छ।

सूचक सबैभन्दा धेरै ओरालो लाग्नेमा निर्जीवन बीमा समूह ८८ अंक, होटल तथा पर्यटन ६५ अंक र जीवन बीमा समूह ५१ अंकले घटेका छन्।

सर्वाधिक रकमको सेयर कारोबार हुने कम्पनीहरुमा नबिल बैंक र नेपाल बैंकको २८र२८ करोड रुपैयाँको कारोबार हुँदा, एनआइसी एसिया बैंकको २४ करोड, निफ्राको २१ करोड र नेपाल बंगलादेश बैंकको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, अपि पावरको १७ करोड, कुमारी बैंकको १४ करोड, माथिल्लो तामाकोशी, ग्लोबल आइएमई बैंक र मेगा बैंकको करिब १३र१३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२०९ कम्पनीको एक करोड ४६ लाख कित्ता सेयर सात अर्ब १५ करोड रुपैयाँमा किनबेच भएका छन्। अधिकांस कम्पनीको सेयर मूल्य घटेको बजारमा ८५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ। १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...