CG Electronics
IME Life
NIMB

१२ दिनमै रुरुको यसरी सबैभन्दा महँगो सेयर मूल्य हुने हाइड्रो कम्पनी,बढेर तेब्बर हुँदा कति पुग्यो भाउ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । रुरु जलविद्युत परियोजना कम्पनीको सेयरमा लगातार १२ औं दिन पोजेटिभ सर्किट लागेको छ । वैशाख २० गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयरमा लगातार १२ दिन सर्किट लागेर मूल्य तेब्बर बढी भएको छ ।

यससँगै रुरु नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने हाइड्रोपावर कम्पनी बनेको छ ।३५६ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १२ कारोबार दिनमै तीन गुणा धेरैले बढेर आज प्रतिकित्ता १०६४ रुपैयाँ पुगेको छ । कारोबारमा आएदेखि कम्पनीको सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढ्दै आएको छ ।

रुरु नेप्सेमा सूचीकृत ३४ हाइड्रोपावर कम्पनीमध्ये १ हजार माथि सेयर मूल्य हुने एकमात्र हाइड्रोपावर कम्पनी हो । यसअघि अपर तामाकोशी र माउन्टेन इनर्जी धेरै मूल्य हुने हाइड्रोपावर कम्पनीका रुपमा थिए । दुवै कम्पनीलाई पछिपार्दै रुरु धेरै मूल्य हुन हाइड्रोपावर बनेको हो । आज १२ बजेसम्म माउन्टेनको सेयर प्रतिकित्ता ८५० रुपैयाँ र तामाकोशीको ८५२ रुपैयाँमा कारोबार भइरहेको छ ।

अझै रुरुको सेयरको माग उच्च र सप्लाइ अत्यन्त कम भएकाले मूल्य अझै बढ्ने देखिन्छ । कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

जसमा ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले सेयर हात पारेका थिए भने ७ जनाले थप १ कित्ता पाएका थिए । कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...