CG Electronics
IME Life
Ncell NPL

पुरुषद्वारा पुरुष नै बलात्कृत

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत !

पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ ।

हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो ।

महिलाहरुले सिंखडालाई गाउँ परिक्रमा गराउँदै गर्दा इलाका प्रहरी कार्यालय पशुपतिनगरले उनलाई पक्राउ गरी बुधबार साँझ छाडेको स्थानीय महिला दुर्गा अधिकारीले बताए । सिम्खडाले मंगलबार साँझ मनकामना चोक नजिक बारीमा ती युवकलाई यौन दुब्र्यवहार गरेको स्थानीय दुईजना महिलाले देखेपछि घटना सार्वजनिक भएको उनले बताइन् ।

‘महिलाले देखेपछि तुरुन्त होहल्ला भयो । तर रात परिसकेकोले त्यो दिन हामीले केही गर्न सकेनौं’, अधिकारीले भनिन्, ‘आज बिहान चोकमा उपस्थिति महिलाहरुले सिम्खडालाई मोसो दलेर घुमाउँदै गर्दा प्रहरीले लिएर गएको थियो तर दिनभर दुबै पक्षबीच छलफल गराएर सहमतिपछि प्रहरीले पीडकलाई साँझ छाडेको छ ।’

पीडिकले माफी माग्नुका साथै गाउँका सबै प्रहरी चौकीमा आएर एक पटकलाई माफी दिन भनेपछि सहमति गरेको पीडितका एक आफन्तले बताए । ‘गाउँमै बस्नुपर्ने सबैले भनेपछि मिलौं भनेर सहमति गरेका हौं’, उनले भने ।

यस बिषयमा बुझ्दा मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्गले आफुलाई केही थाहा नभएको बताए । ‘जिल्लामा कुनै जानकारी पनि आएको छैन । प्रहरीले कसैलाई पक्राउ पनि गरेको छैन’, उनले भने ।

ईलाका प्रहरी कार्यालय पशुपतिका प्रहरी निरीक्षक अनुजजंग रायमाझीले गाउँलेहरुबीच सहमति भएपछि सिंखडालाई छाडिएको बताए । घटना सामान्य भएको र सिम्खडाबाट कोही बलात्कृत भएको नपाइएका कारण छाडिएको रायमाझीले दाबी गरे ।

पक्राउ परेका सिम्खडा अन्य समयमासमेत मदिरा पिएर गाउँमा हल्ला गर्दै हिँड्ने गरेको स्थानीय महिलाहरुको गुनासो छ । बुधबार छलफलका लागि गएका महिलाहरुलाई प्रहरी कार्यालयमा सिम्खडा पक्षधर ब्यक्तिहरुले उल्टै दुब्र्यवहार गरेको आरोपमा उजुरी गर्ने धम्की दिएको स्थानीय महिलाहरुको दुखेसो छ ।

फौजदारी संहिताको दफा दुईसय २४ मा यौन दुब्र्यवहारसम्बन्धी कसुरमा पीडकलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानूनी प्रावधान रहेको जिल्ला बार एशोसियन मकवानपुरका उपाध्यक्ष ऋषि केवीले बताए ।

फौजदारी संहिताकै दफा दुईसय २६ मा अप्रकृतिक मैथुनसम्बन्धी कुसरमा तीन वर्षसम्म कैद र ३० हजार जरिवानासँगै दुवै कसुरमा पीडितलाई मनासिव क्षतिपूर्ति दिलाउने उल्लेख रहेको उनले जानकारी दिए ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...